कलिलो उमेरमै अस्ताइन् कलाकार सुशिला तामाङ

कलाकार सुशीला ग्लान तामाङको निधन भएको छ । उनको आज बिहान उपचारका क्रममा निधन भएको हो । शुक्रबार बिहान जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ ले बताए ।

विगत एक दशकदेखि अभिनयमा क्रियासिल तामा ङले थुप्रै म्युजिक भिडियो अभिनय गरेकी छन् । तामाङको अभिनय रहेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्ना को धुन’, ‘ल्होछार मेला’, ‘डम्फूमा सेलो’ लगायतका गीत लोकप्रिय छन् ।

तामाङलाई स्वास्थ्यस्थिति जटिल समस्या देखिए पछि दुई दिन अगाडि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तामाङ तमाङ गीतसंगीतको लोकप्रिय मोडल पनि हुन् ।

उनको आज नै बौद्ध जोरपाटीस्थित जम्बोडाँडामा अन्तिम संस्कार गरिएको छ ।प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित ‘जाने भए जाउ माया’ बोलको म्यु जिक भिडियो

सार्वजनिक : गायक प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित ‘जाने भए जाउ माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भाव नात्मक यस गीतमा स्वर गायक सरन गुरुङको रहेको छ ।

गीतमा शब्द, सङ्गीत विकास ल्वागुनको रहेको छ । गीतलाई कोविद बज्रले सङ्गीत संयोजन गर्नुभएको हो ।सहना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘जाने भए जाउ माया’

म्युजिक भिडियो गायक गुरुङको रिलिजको तयारी मा रहेको एल्बम ‘सहना’ मा सङ्ग्रहित गीत हो । ए ल्बम नोभेम्बर १३ मा विमोचन हुने गायक गुरुङले बताउनुभयो ।

एल्बम रिदम स्क्रीन क्रिएसन र वि द बेस्टको सहयोगमा तयार पारिएको हो । म्युजिक भिडि योमा प्रकाश सपुत र रेश्मा घिमिरेले श्रीमान् र श्रीमतीको भूमिकामा अभिनय गर्नुभएको छ ।

म्युजिक भिडियोमा ‘जाने भए जाउ माया फर्की नआऊ माया’, ‘भन्थ्यौ तिमी म संसार थिएँ, सुख र दुःखमा ज्यानै दिन्थेँ’, ‘हात छोड्यौँ साथ छो ड्याँै, सँगसँगै हिँडेको बाटै मोड्याँै’, ‘

माया छोडी गएपछि दिल तोडी गएपछि’ लगायत बोलका गीत समावेश गरिएको छ ।बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको छ । निकेश खड्काको निर्देश नमा भिडियो तयार पारिएको हो ।

भिडियो गायक गुरुङको च्यानल ‘सरन गुरुङ’ मार्फ त् सार्वजनिक भएको हो । हाल अमेरिका मा बस्दै आउनुभएका गायक गुरुङले आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन आग्रह गर्न भएको छ ।