
काठमाण्डौ । काठमाण्डौको थापाथलीस्थित प्रसूति गृहको ३ तलामाथिबाट एक पुरुष हामफालेका छन् । श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुगेका ३९ वर्षका पुरुष बिहीबार राति अस्पतालकै भवनबाट हाम फालेका हुन् ।
प्रहरीका अनुसार उनी कपन बस्दै आएका स्वयम तामाङ हुन् । उनी श्रीमतीलाई सुत्केरी गराउन राति अस्पताल गएको र छोरी जन्मिए पछि हामफालेको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
यो पनि,,राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने, महाभियोग फेश गर्ने काठ मा डौं, २३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि हालतमा नागरिकता विद्येयक प्रमाणी करण नगर्ने भएकी छिन् ।
राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु या दवले सदनबाट पास भएर प्रमाणीकरणको लागि आएको विद्ये यक राष्ट्रपतिले प्रमाणीकरण नगर्ने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमला सँगको कुराकानीमा यादवले यस्तो बता एका हुन् । उनले भने,‘सम्माननीय राष्ट्रपतिज्यूले यो विद्येयक प्रमाणीकरण गर्नुहुन्नँ ।’
उनले राष्ट्रपति भण्डारी महाभियोग फेश गर्न तयार रहेको तर विद्येयक प्रमाणीकरण नगर्ने मुडमा रहेको जनाए ।
यसअघि पनि राष्ट्रपति भण्डारीले उक्त विद्येयक १५ दिनको समय व्यतित गरेर पूनर्विचारको लागि सदनमा फिर्ता पठाएकी थिईन् । तर, सत्ता गठब न्धनले विद्येयक हुबहु दुवै सदनबाट पास गरेर राष्ट्रपतिकहाँ प्रमाणीकर णको लागि पठाएको छ ।
राष्ट्रपति भण्डारीले यो बीचमा सबै दलका शीर्ष नेताहरुसँग दलगत रुपमा सामूहिक भेटवार्ता पनि गरेकी थिईन् ।
उक्त विद्येयकमा एमालेको विरोध छ । सत्ता गठ बन्धनका नेताहरुले भने राष्ट्रपतिले अब विद्येयक प्रमाणीकरण गर्नुको विकल्प नभएको बताउने गरेका छन् ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त राष्ट्रपतिले विद्येयक अड्काए अदाल त जानेसम्मको चेतावनी दिएका थिए ।