
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय हुँदै नभएको बताएका छन् । माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकामस्थित पार्टी कार्यालयमा आज आयोजना गरेको निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन ।
उनले पार्टीमा नयाँ रूपान्तरण थालनीका लागि गोरखामा चुनाव लड्न आएको स्पष्ट पारे। “म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बीउ बचाउनका लागि हो”, अध्यक्ष दाहालले भने, “यहाँ जित र हारको कुरा त प्रतिक्रियावादीको टिप्पणी मात्र हो ।”
उनले चितवनबाट गोरखा आउँदा चितवनका राजनीतिक दल, नेता कार्यकर्तामा रुवाबासी चलेको भन्दै चितवन पनि जीत सुनिश्चित भएको ठाउँ भएको बताए ।“प्रचण्ड गोरखा जाने चर्चापछि चितवनमा त आङ्तक नै भयो”, उनले भने
,“माओवादी नेता कार्यकर्ता मात्र होइन कांग्रेस जिल्ला पार्टी, एमालेका निर्वाचित जनप्रति निधिसमेत हामी जिता उँछाँै तपाईं चितवनबाट नै चुनाव लडिदिनुस् भनेर आउ नुभयो तर प्रति क्रियावादी भने हारको भ्रम फैलाइरहेका छन् ।”
अर्को फरक प्रसङ्गमा उनले अन्तिम युद्ध कसले जित्ने हो भन्ने फैसला अझै हुन बाँकी रहेको बताए ।नेकपा (एमाले) ले नेता घनश्याम भुसा ललाई टिकट नदिने भएको छ
काठमाडौं, नेकपा (एमाले) ले नेता घनश्याम भुसाललाई टिकट नदिने भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा भुषाल रुपन्देही-३ बाट चुनाव लड्ने तयारीमा थिए । तर, पार्टीले भने उनलाई टिकट नदिने निर्णय गरेको छ ।
भुषालको उक्त क्षेत्रमा राप्रपाका प्रभावशाली नेता दीपक बोहोराले टिकट पाउने भएका छन् । सो क्षेत्रमा एमालेले राप्रपालाई सघाउने भएको छ । नेकपाकालिन अवस्था देखि नै भुषालले अध्यक्ष ओलीको आलोचना गर्दै आएका थिए ।१०औं महाधिवेशनमा पनि उनले अध्यक्ष ओलीको निर्णयलाई चूनौति दिएर उम्मेदवारी दिएका थिए ।
उनले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई मतसमेत मागेका थिए ।आजमात्रै एमाले र राप्रपाका शीर्ष नेताहरुबीच सिट बाँडफाँटबारे सहमतिको लागि हस्ताक्षर गर्नेगरि छलफल भएको थियो ।
दुवै तर्फका नेताहरुकाअनुसार सहमतिमा भोलि विहानै हस्ताक्षर हुनेछ ।जापानमा छन्। आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले कन्सर्ट आयोजना गरेको थियो, जहाँ भिटेनले प्रस्तुतिभन्दा पनि हर्कतका कारण चर्चा बटुले।
कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउन थालेका थिए। उनलाई संय मित तुल्याउन आयोजकलाई हम्मेहम्मे परेको थियो। गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काएका थिए।
आफ्नै टाउकोमा आफैले बोतलले हानेका उनी एक्कासी मञ्चमा ढलेका थिए। त्यसपछि उनले गीत गाउन पनि सकेनन्। भुइँमा ढलेपछि दर्शक ले उनको पक्षमा हुटिङ गरेपछि आयोजकले पानी छम्किएर केही बेरमा उठाएको थियो। ब्युँझिएपछि भिटेनले गाउन नसक्ने बताएका थिए।दर्शकले होहल्ला गर्न थालेपछि उनले आइन्दा शो नगर्ने र यही नै अन्तिम शो हुने बताएका थिए।
भिटेनले एक्कासी किन यस्तो हर्कत गरेर स्टेजमै बेहोस भए भन्नेबारेमा दर्शक र आयो जकको आफ्नै तर्क छन्। मदिराले लठ्ठिएर भिटेनले त्यस्तो हर्कत देखाएको त्यहाँ पुगेका दर्शक बताउँछन्।अर्कोतर्फ, आयोजकले चाहिँ मदिराका कारण भिटेन बेहोस नभएको दाबी गरेको छ।
मदिराकै कारण उनी ढलेका हुन् वा स्वास्थ्यको कारण भन्ने जानकारी भने दिइएको छैन। तर, दर्शकहरूले भने भिटेन मदिराकै कारण ढलेको बताँउछन्। भिटेनले भने शारीरिक असन्तुलनका कारण ढलेको दाबी गरेका थिए। भिटेनले गाउन नसक्ने भएपछि स्थानीय कलाकार र डिजेले दर्शकलाई मनोरञ्जन दिएका थिए।