भिम रावलले ओलीलाई नाङ्गो झार पारे: रावललाई ज्यानको सुरक्षा पुर्वजर्नेलले दिने, पत्रकारसंग चर्काचर्की..,

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावल ले पार्टीले षड्यन्त्रपूर्वक आफूलाई उम्मेदवार नबना एको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो आरोप लगाएका हुन् ।

नेता रावलले अछामबाट एकल नाम सिफारिस भएर कसैले पनि आफूलाई हराउन नसक्ने भए पछि पार्टीले सिफारिस नै नभएका व्यक्ति लाई षड्यन्त्रपूर्वक स्वेच्छाचारी निर्णय गरेर आफूलाई टिकट नदिइएको बताए ।

उनले कुनैपनि व्यक्ति कुनैपनि पद वा जिम्मेवा रीमा सधैँ नरहने शास्वत सत्य रहेको उल्लेख गर्दै उम्मेद वार हुने वा नहुने वा कुनै पदमा पुग्ने, नपुग्ने विषय लाई आफूले प्रमुख नठानेको दाबी गरे ।

नेता रावलले देश र जनताको हीत एवं पार्टीको सि द्धान्त, विधि, पद्धति, नीति र मान्यताको अवज्ञा भ एको बताए ।उनले एकल सिफारिसमा पर्दासमेत आफूसँग कुनै छलफल नगरी नेकपा एमालेका नि म्ति कुनै योगदान नगरेको सिफारिस नै नभएको व्यक्तिको लागि पार्टी पंक्तिले गरेको निर्णय प्रथम दृष्टिमा नै स्वेच्छाचारी, अन्यायपूर्ण र गलत रहेको जिकिर गरे ।

उनले पार्टीको यो निर्णयले सुदूरपश्चिम प्रदेश र अछाम जिल्लाका जनता तथा पार्टी संगठनमा रहनुभएका नेता र कार्यकर्ताको घोर अपमान भएको उल्लेख गरे ।उनले पार्टीको यो निर्णयले पार्टी को हीत र एकतामा आघात पुगेको उल्लेख गरे ।

उनले आम निर्वाचनको चर्चा हुन थालेपछि चुनाव नलड्ने भन्दै सुनियोजित प्रचार गरिएको बताए ।उनले भने, ‘उम्मेदवार हुने वा नहुने वा कुनै पदमा पुग्ने, नपुग्ने विषयलाई मैले प्रमुख ठानेको छैन ।

कुनैपनि व्यक्ति कुनैपनि पद वा जिम्मेवारीमा सधैँ नरहने शास्वत सत्य नै हो । विषय देश र जनताको हीत एवं पार्टीको सिद्धान्त, विधि, पद्धति, नीति र मान्यताको अनुशरण भयो कि अवज्ञा भयो भन्ने हो ।

यसर्थ मेरो उम्मेदवारी बारे उक्त प्रकारले गरिए को विधिवत सिफारिसबारे मसँग कुनै परामर्श नगरी, नसोधि नेकपा एमालेका निम्ति कुनै योग दान नग रेको सिफारिस नै नभएको व्यक्तिको लागि पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतले गरेको निर्णय प्रथम दृष्टिमा नै स्वेच्छाचारी, अन्यायपूर्ण र गलत छ ।’

उनले थपे, ‘यस्तो निर्णयले सुदूरपश्चिम प्रदेश र अछाम जिल्लाका जनता तथा पार्टी संगठनमा रहनुभएका नेता र कार्यकर्ताको घोर अपमान भ एको छ । तथा पार्टीको हीत र एकतामा आघात पुगेको छ ।

यस सन्दर्भमा पार्टीपंक्ति र आम जनतामा व्यापक चासो र सरोकार रहेको तथा कतिपयले अनेक भ्रम पूर्ण प्रचार गरेको पाइएकाले तत्सम् बन्धमा प्रष्ट पा र्नैपर्ने स्थिति सिर्जना भएको छ ।’उनले फेरि भने, ‘षड्यन्त्रपूर्ण र स्वेच्छाचारी निर्णय ।

आम निर्वाचनको चर्चा हुन थालेपछि मैले चुनाव न लड्ने भन्दै गरिएको सुनियोजित प्रचार मेरो नाम, क्षेत्र, जिल्ला र प्रदेशबाट एकल सर्वसम्मत सिफारि स भएपछि तिब्र पारियो ।

यद्यपी मेरो घरमा आएका अछाम जिल्लाका तथा मसँग कुरा गर्ने सुदूरपश्चिम प्रदेशका नेता हरुलाई मैले निर्वाचन लड्न तयार रहेको र यस सन्दर्भमा पार्टी नेतृत्वको धारणा जान्न चाहेको कुरा गरेको थिएँ ।

सिफारिस नै नभएका व्यक्तिको एम्मेदवारुी अघि सारियो । यसो गर्नु कायकर्ता र जनताको भावना लाई कुल्चिने षड्यन्त्रपूर्ण, स्वेच्छाचारी काम भएको छर्लङ्ग छ ।’नेता रावलले युनिफि केशन चर्चसँग आ वद्ध होली वाइन भनेर चिनिएका एकनाथ ढकाल को समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य सुनिश्चित गर्ने,

निरंकुश व्यवस्थामा नेकपा एमाले नेता र कार्य कर्ता प्रताडित गर्ने व्यक्तिलाई हेटौंमा उम्मेदवार बनाउने, आफैँले प्रतिक्रियावादी भनेको राप्रपा र अध्यक्ष ओली केपी शर्मा ओली र माधवकुमार नेपालको राजविराजमा हत्यासम्म गर्ने

दुष्प्रयासका साथै संविधान दिवसलाई कालो दिवस को रुपमा र एमालेलाई नश्लवादी पार्टी भन्ने जसपा सँग चुनावी साँठगाँठ गर्ने, लोसपाका मानिसलाई बिहान पार्टी प्रवेश गराइ दिउँसो उम्मेदवार बनाउने,

धन र सत्ताको अनेकौँ कर्म र कुकर्म गरेकाहरु लाई धमाधम उम्मेदवार बनाउने कार्य पार्टीको कुन सिद्धान्त, विधि र अनुशासन भित्र पर्छ ? भनि प्रश्नसमेत गरे ।नयाँलाई अवसर दिने कुरा पार्टी अध्यक्ष र निकटहरुको हकमा लागू हुन नसकेको आरोप लगाए ।

नेता रावलले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै बहुमत को सरकार हुँदा आधा समय बालकोट र अस्पताल मा समय बिताउनेले टिकट पाउने तर देश र जनता को हीतका लागि आवाज उठाउने व्यक्तिलाई टिकट नदिएकोप्रति आक्रोश व्यक्त गरे