
काठमाडौं । रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गरि रहेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई समर्थन गर्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै डडेल्धुरामा सिरिन्ज (सुई) निर्वाचन चिन्ह लिए का सागर ढकाललाई निशर्त समर्थन प्रतिवद्धता जनाएको हो ।
राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिने भन्दै बहालवाला प्रधानमन्त्री देउवाकाविरुद्धमा निर्वाचनमा होमिएका ढकालको कदमको प्रशंसा गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,‘ राजनीतिलाई आजि वन पेसा बनाएकाहरु, पटक पटक परिक्षण भइसकेका हरुका बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्म क छ ।
यसपटकको निर्वाचन परिणामबाट प्राप्त हुने धेरै लक्ष्यहरु मध्येमा पुरानालाई बिदा गर्ने लक्ष्य पनि प्रमुख लक्ष्य हो । ’ साथै चितवन, काठमाडौं ४ लगा यतका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले
तालमेल वा गठबन्धन गरेर उम्मेदवारी फिर्ता गरेको भन्ने बारेमा आएका समाचारहरुको खण्डन गरेको छ । पार्टीले कुनै पनि निर्वाचन क्षेत्रमा कुनै किसिम को तालमेल नगरेको र नगर्ने जनाएको छ।