
काठमाडौँ – शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेर मा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो ।
मुटु र प्रोष्टेटको समस्याबा ग्रसित जोशीको आज बिहान निधन भएको किष्ट मेडिकलले पुष्टि गरेको छ । स्वास्थ्यमा समस्या आएपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।
रगत परीक्षणको क्रममा जोशीमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका
दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । मेडिकल कलेजल जोशीलाई निःशुल्क सेवा दिएको जनाएको छ ।
यो पनि,,असन्तुष्ट करिश्मा भन्छिन् : ओलीलाई यति धेरै माया गर्दापनी टिकट पाइएन भन्दै रोए..
२३ असोज, काठमाडौं । नेकपा एमालेले सांसदको उम्मेदवार नबनाएकोमा करिश्मा मानन्धरले सार्वजनिक असन्तुष्टि जनाएकी छन् । गएको चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरले सामाजिक सञ्जाल मार्फत् असन्तुष्टि जनाएकी छन् ।
तर सांसद नबने पनि एमालेमै रहने उनी बताउँछिन् । ‘डिजर्भिङ पिपुलहरु ल्याइनुपर्छ भन्ने हो, तर पाँच वर्ष एमालेमै रहन्छु’, अनलाइ नखबरसँग मानन्धरले भनिन् ।
सबै क्षेत्रलाई पहुँच दिने पार्टी एमाले भएपनि आफूले त्यो अवसर नपाएको उनले बताइन् । ‘सबै क्षेत्र र ठाउँलाई समान पहुँच दिने पार्टी भनेको त एमाले हो ।
तर म त्यो पहुँच भन्दा माथिको रहेछु के । मैले त्यसरी बुझें’, मानन्धर भन्छिन् । आफूले टिकट नपाउनुमा एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा
पनि अरु नेताहरु कारण रहेको उनी बताउँछिन् । ‘पार्टीमा उहाँ (केपी ओली) मात्रै होइन नि, अरु पनि छन्’, मानन्धर भन्छिन् ।
उम्मेदवार नबन्ने अवस्थाले खुशी हुन नसकेको मानन्धर बताउँछिन् । ‘म खुशी छैन । तर केपी शर्मा ओलीलाई माया गर्ने मान्छे हुँ’ उनी भन्छिन्, ‘मेरो चित्त दुखाइ छ ।
एमाले र केपी शर्मा ओली भन्दा अर्को कुनै पार्टी छैन र अर्को कुनै नेता छैन, देशलाई अगाडि लान ।’एमालेमै रहेर ललितपुर–१ का उम्मेदवार
नवराज सिलवाललाई मत माग्ने उनी बताउँछिन् । ‘यहाँबाट म नवराज सिलवाल दाइलाई सह योग गर्छु’, मानन्धर भन्छिन् ।