
काठमाडौं । नेपाली डायस्पोराको प्रतिष्ठित अवा र्ड मानिने पाँचौ ग्लोबल फिल्म अवार्ड नेपाली समया नुसार आइतबार बिहान अमेरिकाको कोलोराडोस्थि त डेनभरमा सम्पन्न भएको छ ।
सन् २०२२ मा रिलिज भएका नेपाली फिल्ममध्ये बाट अवार्ड प्रदान गरिएको थियो, जहाँ चलचित्र वि कास बोर्डका अध्यक्ष भुवन केसीदेखि पूर्वअध्यक्ष नीर शाहसम्म उपस्थित रहे ।
अवार्डमा झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ले सर्वोत्कृष्ट फिल्मको ट्रफी जितेको छ । सोही फिल्मबाट सुहाना थापाले डेब्यु अभिने त्रीको अवा र्ड जितिन् ।
झरना सोही फिल्मबाट ‘ए मेरो हजुर ३’बाट उत्कृष्ट निर्देशक घोषित भइन् ।‘रातो टीका निधारमा’ फि ल्मबाट अंकित शर्मा सर्वोत्कृष्ट डेब्यु अभिनेता घो षित भए ।
जुरी स्पेसल अवार्ड चाहिं ‘मारुनी’ले जित्यो । वर्षकै सर्वोत्कृष्ट अभिनेत्रीकोतर्फको अवार्ड ‘आमा’बाट सु रक्षा पन्तले जितिन् ।
‘छ माया छपक्कै’बाट दीपकराज गिरी सर्वो त्कृष्ट अभिनेता घोषित भए । अभिनेत्री नम्रता श्रेष्ठ स्टार अफ दी इयर घोषित भइन् ।डायस्पोरा अवार्डतर्फ उत्कृष्ट डेब्यु अभिनेता शक्ति श्रेष्ठ घोषित भए ।
सुधांशु जोशी उत्कृष्ट अभिनेता बन्दा उत्कृष्ट फि ल्मको उपाधि ‘हेलो जिन्दगी’ले प्राप्त गर्यो ।संगी तकार शम्भुजीत बाँस्कोटालाई लाइफ टाइम अचि भमेन्ट अवार्ड प्रदान गरियो ।
रामकेशर बोगटी स्मृति सम्मान अभिनेत्री सरिता लामिछाने र गेहेन्द्र धिमाल स्मृति सम्मान नाट्य कर्मी हरिबहादुर थापालाई प्रदान गरियो ।
समारोहमा अभियानश्री सम्मान प्रकाश श्रेष्ठ र हिरण्य भोजपुरेलाई प्रदान गरियो । भुटानी कला सम्मान सिद्धार्थ विश्व र लक्षु शर्मालाई प्रदान गरियो ।
मिस नेपाल नर्थ अमेरिका प्रत्युषा बोहरा र रनरअप आन्या थापालाई पनि सम्मान गरिएको थियो ।कार्य क्रमले नेपाली फिल्मको अन्तर्राष्ट्रिय करणमा टेवा पु¥याएको जानकारी पाँचौं ग्लोब ल फिल्म अवार्ड का अध्यक्ष नवराज श्रेष्ठले दिए ।