विदेशबाट फर्किएकालाई स्वदेशमै टिकाउनका लागि ‘वेलकम होम’ परियोजना सञ्चालनमा, के हो यो ?

बनियानी – वैदेशिक रोजगारीमा गएर फर्किएका लाई स्वदेशमै टिकाउनका लागि ‘वेलकम होम’ परि योजना सञ्चालनमा आएको छ । प्रदेश नं १ को झापा, मोरङ र सुनसरीमा यो परियोजना सञ्चालन मा आएको हो ।

कथा नेपालले आइतबार भद्रपुरमा ‘मिडिया अन्त क्र्रिया’ कार्यक्रमको आयोजना गरी परि योजनाबारे जानकारी दिएको छ । कथा नेपाल का नेशनल को –अर्डिनेटर ताराप्रसाद बडहरि याले विदेशबाट दुः ख पाएर फर्किका, ज्ञान–सीप लिएर आएकालाई आर्थिक एकीकरण सहयोग गर्ने उद्देश्यले परियो जना सञ्चालनमा आएको बताउनुभयो ।

परियोजनाअन्तर्गत विदेशबाट फर्किएकाका लागि रोजगारी सिर्जना, क्षमता अभिवृद्धि, विदेशमा प्राप्त गरेको ज्ञान–सीपलाई स्वदेशमै प्रयोग गर्ने अवस्था बनाउनेलगायतका क्रियाक लाप गरिने जनाइएको छ ।

उहाँले भन्नुभयो, “श्रम बजारमा भोगेका समस्या लाई पहिल्याउने र समाधान गर्ने कार्ययोजना छ, विदेशबाट फर्किएर पुनः विदेश नै जानुपर्ने अवस्था रहेको छ । आवश्यक तालिम दिएर रोजगारीमा फर्काउने र समाजमा स्थापित गर्ने काम गर्छौं ।”

कार्यक्रममा पौरखी नेपालकी मञ्जु गुरुङले विदेश  बाट फर्किंदा घरपरिवार र सम्पत्ति दुवै नरहने कति पय टिठलाग्दो अवस्था रहेको बताउनुभयो

“अझ विदेश गएरका र फर्किएका महिला बढी समस्यामा छन्”, उहाँले भन्नुभयो, “उनीहरुलाई सम्मानका साथ समाजमा स्थापित गर्ने काम गरिरहेका छौँ ।”

रोजगारीको खोजीमा नेपाली जनशक्ति विदेशि रहेको अवस्था एकतातिर छ भने स्वदेशमा श्रम  शक्ति अभाव हुँदा छिमेकी मुलुकबाट धेरैले काम गरिरहेको अवस्था छ ।

उनीहरुलाई आवश्यक तालिम, परामर्श दिने र स्वदेशमै टिकाउने सोचका साथ परियोजना अघि बढाइएको जनाइएको छ ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भद्रपुर नगर क्षेत्रबाट करिब पाँच हजार वैदेशिक रोजगारीमा गएको बताउनुभयो ।

“त्यति नै मान्छे विदेशबाट फर्किएका छन्”, नगर प्रमुख पोखरेलले भन्नुभयो, “वैदेशिक रोजगारीका क्षेत्रमा धेरै समस्या छन्, पालिका स्तरबाटै हामी काम गर्ने सोचमा छौँ ।”

नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका र जानेका लागि वित्तीय साक्षरता, परामर्श, उद्यमशील तालगायतको काम गर्दै आएको र केही उपलब्धिस मेत हासिल भएको नगर प्रमुख पोखरेलले बताउनु भयो ।

यस्तै, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले वैदेशिक रोजगारलाई एउटा अवसरका रुपमा हेरिनुपर्नेमा अनिवार्यजस्तै बनेको बताउनुभयो ।

“निर्वाहमुखी कृषि र वैदेशिक रोजगारीले अर्थतन्त्र धानेको छ”, उहाँले भन्नुभयो, “यसले गरिबी निवार णमा केही हदसम्म काम गरे पनि दीर्घकालीन फाइ दा गर्दैन ।”

दैनिक दुई हजार तीन सयनेपाली विदेशिइरहेको र तीनदेखि पाँचको शव नेपाल भित्रिरहेको टिठलाग्दो अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । यस्तो अव स्था अन्त्यका लागि स्थानीय सरकारको भूमिका म हत्वपूर्ण हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भद्रपुर नगरपालिकार्की उपप्रमुख राधा कार्कीले विदेश नगई हुने अवस्था रहेकाले सोको अ न्त्य गर्नुपर्नेमा जोड दिनुभयो । “सबैको सहयोग र प्रयासबाट मात्र सम्भव छ”, उहाँले भन्नुभयो, “हामी आफैँले केही गर्नुपर्ने बेला आएको छ ।

वेलकम होम परियोजना जिल्लाभर सञ्चालनमा आइसकेको कथा नेपालले जनाएको छ । कार्यक्र मको सञ्चालन कृति राई गर्नुभएको थियो भने स मापन कथा नेपालकी प्रतिनिधि सिवानी भट्टराईले गर्नुभएको थियो ।