ओली हराउने ध्याउन्नमा स्वतन्त्र युवाहरु

बिर्तामोड — चुनावी सरगर्मी बढेसँगै उम्मेदवार हरू महिनाअगावै घरदैलोमा व्यस्त छन् । झा पामा मुख्य प्रतिस्पर्धा एमाले–राप्रपा तालमेल र सत्ता गठबन्धनबीच नै हो । जिल्लास्तरीयदेखि पार्टीका केन्द्रीय अध्यक्षसम्मका उम्मेदवार छन् ।

विगतमा ‘हेभीवेट’ लाई चुनाव जित्न सहज थियो । तर योपल्ट अवस्था त्यस्तो छैन । प्रति स्पर्धी दलसँगै उनी हरूलाई स्वतन्त्र उम्मेदवारले पनि टक्कर दिने देखिन्छ । झापा ५ मा एमाले अध्यक्ष केपी ओलीलाई गठबन्धनसँगै स्वतन्त्र उम्मेदवार दीपककुमार (युग) पाठकले पनि चुनौती दिने ठानिएको छ ।

लेखक एवं सामाजिक अभियन्तासमेत रहे का पाठक ओलीका चर्का आलोचक हुन् ।   पाठक आफू चुनाव जित्नेमा भन्दा ओलीलाई हराउनुपर्छ भन्ने ‘क्याम्पेनिङ’ मा बढी लागेका छन् । जसले गर्दा ओलीलाई चुनाव जित्न थप चुनौती दिएको छ ।

काठमाडौं बस्ने पाठक ओलीविरुद्ध चुनाव लड्नकै लागि महिना दिनअघि नै दमक झरेका हुन् । एमाले अध्यक्षप्रति उनको आरोप छ, ‘ओलीका कारण राजनीतिमा युवापु स्ताको वितृष्णा बढेको छ, ओली खराब राजनीति गर्छन्, त्यसैले उनको राजनीतिमाथि हस्तक्षेप गर्न मैले उम्मेदवारी दिएको हुँ ।’

ओली सातौं पटक चुनावी मैदानमा छन् । ०६४ बाहेक पहिलो पटक एमालेका लागि झापा ५ केही कमजोर देखिन्छ । चार पालिका रहेको उक्त क्षेत्रमा एउटामा मात्र एमालेको नेतृत्व छ ।

०७४ मा वाम गठबन्धनसँगै राप्रपाको समेत शतप्रतिशत मत पाएका ओलीलाई योपल्ट राप्रपाको मात्र सहयोग छ । छ महिनाअघिको स्थानीय तह निर्वाचनको नतिजाका कारण पनि मंसिर ४ मा ओलीलाई राप्रपाबाट शतप्रतिशत मत पाउनेमा संशय छ ।ओलीजस्तै तनावमा छन्,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन । झापा ३ बाट चुनावी मैदानमा होमि एका लिङदेनको मुख्य प्रतिस्पर्धी कांग्रेस नेता कृष्णप्रसाद सिटौला हुन् । नेपाली राजनीतिमा कुटिल खेलाडीका रूपमा हेरिने सिटौलावि रुद्ध चुनाव लड्दै गर्दा सहयोगी दलकै कार्यकर्ताबाट लिङदेनलाई खतरा बढेको हो ।

झापामा एमाले र राप्रपाबीच चुनावी तालमेल छ । विशेषगरी झापा ३ मा एमालेले लिङदेनलाई तथा ५ मा राप्रपाले ओलीलाई चुनाव जिताउन भन्दै चुनावी तालमेल गरिएको हो । यस्तो ताल मेल एमाले र राप्रपाबीच ०७४ मा पनि भएको थियो । उक्त चुनावमा दुवै जना सफल भएका थिए ।

यस पटक अवस्था फेरिएको छ । झापा ५ मा ओली राप्रपाप्रति तथा झापा ३ मा लिङदेन एमालेप्रति पूर्ण विश्वस्त देखिँदैनन् । झापा ३ मा एमालेले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएन । उक्त क्षेत्रमा एमालेको उम्मेदवार राप्रपा अध्यक्ष लिङदेन हुन् ।

तर, राप्रपासँग तालमेल गर्ने पार्टी निर्णयविरुद्ध एमाले जिल्ला सचिवालय सदस्य डम्बर गिरीले उक्त क्षेत्रबाट प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका छन् । गिरीको उम्मेदवारीले अध्यक्ष लिङदेनलाई गाह्रो पारेको छ ।

गठबन्धनका हेभीवेट उम्मेदवारविरुद्ध चुनाव जित्ने गरी एमालेको साथ खोजेका लिङदेनको कदममा ठेस लागेको छ । गिरी हल्दिबारी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् ।

गत स्थानीय तह निर्वाचनमा गिरी हल्दिबारीको अध्यक्ष पदमा राजेन्द्रका भाइ रवीन्द्रसँग पराजि त भएका थिए । ४० वर्षीय गिरीले उक्त क्षेत्रमा लोकप्रिय युवा नेताको छवि बनाएका छन् । मंसिरको निर्वाचनमा उनले कुनै पद दाबी गरेका थिएनन् ।

तर, योपल्ट पनि एमालेले राप्रपासँग चुनावी तालमेल गरेपछि पार्टी निर्णयविरुद्ध उनी चुना वमा होमिएका हुन् । ‘हामीले सधैं राप्रपाका लिङदेनलाई भोट हाल्नुपर्ने भयो, राजनीति गर्ने एमालेबाट अनि भोट हाल्नुपर्ने राप्रपालाई ?

जसले गर्दा यो क्षेत्रमा एमालेको संगठन नै कमजोर बनाएको छ, त्यसैले मैले पार्टी निर्णयविरुद्ध विद्रोह गरेको हुँ,’ गिरीले भने ।

मनोनयनलगत्तै गिरीको उम्मेदवारी फिर्ता गराउन एमाले   को स्थानीयदेखि केन्द्रसम्मकै नेताहरू लागे । तर, गिरीले उम्मेदवारी फिर्ता लिएका छैनन् । यद्यपि, उनलाई कारबाही गरेको विज्ञप्ति एमालेले सार्वजनिक गरेको छ ।

गिरीले भने आफू एमालेमै भएको दाबी गरेका छन् । उनले भने, ‘म एमालेमै छु, मलाई पार्टीको कुनै कमिटीले बैठक बसेर आधिकारिक कारबा ही गरेको छैन, कसैले तिघ्रामा सादा कागज राखेर गरेको सहीछापलाई कारबाही मानिँदैन ।’