
एकातिर राजतन्त्र र हिन्दू राज्य अभियानका सबैभन्दा मुखर नेतृत्वकर्ता राजेन्द्र लिङ्देन अनि अर्कातिर गणतन्त्र स्थापनामा निर्णायक भूमिका निर्वाह गरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला बीचको प्रतिस्पर्धाले झापा ३ को चुनावी भिडन्त चाखलाग्दो बन्दैछ।
लिङ्देन र सिटौला चौथो पटक चुनावमा आमने सामने हुँदैछन्। २०७४ सालको निर्वाचनमा एमा ले र माओवादीले राप्रपालाई सघाएपछि सिटौला संसद पुग्न रोकिएका थिए भने लिङ्देनले पहि लो पटक सांसद बन्ने मौका पाएका थिएमंसिर ४ गते हुने यसपटकको निर्वाचनमा भने लिङ्देन लाई माओवादीको साथ छैन।
तर एमालेको साथ पाएका लिङ्देन सिटौलालाई यसपटक पनि पराजित गर्ने योजनामा छन्। अर्को तर्फ कांग्रेस नेता सिटौला माओवा दीसहि तका सत्ता गठबन्धनको साथमा अघिल्लो चुनाव को बदला लिने पक्षमा छन्।
एक लाख ३१ हजार ४३२ मतदाता रहेको झापा ३ मा एमाले र राप्रपासँग ४२ हजार २४४ मत छ। त्यस्तै कांग्रेस नेतृत्वको सत्ता गठबन्धनसँग ३२ हजार ६४९ मत रहेको छ।
स्थानीय तहको परिणामलाई आधार मान्ने हो भने झापा-३ मा एक्लाएक्लै प्रतिस्पर्धा हुँदा कांग्रेस विजयी हुने देखि न्छ। दोश्रो स्थानमा एमाले र तेश्रो स्थानमा राप्रपा रहने देखिन्छ। तर एमालेसँग गठबन्धन बनेका कारण राजेन्द्र लि ङ्देनलाई यो निर्वाचनमा सहजताको स्थिति छ।
२०७४ को चुनावमा लिङ्देन ४४ हजार ६१४ मतसहित विजयी भएका थिए। जबकी सिटौ लाले ३१ हजार १५९ मत मात्रै पाएका थिए। तर यसपटकको मतदानका मौजुदा गणित हाबी होला या सिटौलाको गणतन्त्रवादी रुझान निर्णा यक बन्ला अहिले नै भन्ने अवस्था छैन।
२०४८ यताका सबै चुनाव झापा-३ बाट लड्दै आएका कांग्रेस नेता सिटौलाको चुनावी यात्रामा जीत-हारको लुकामारी चल्दै आएको संयोग छ। सिटौलाले अहिलेसम्म प्रतिस्पर्धा गरेका ६ वटा चुनावमध्ये तीन वटामा जीत र तीन वटामा हारको सामना गरेका छन्।
झापाबाट राजनीतिक यात्रा आरम्भ गरेका सिटौलाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको विश्वासपात्रका रुपमा मुलुकलाई गणतन्त्रको मार्गमा डोहोर्याउने सारथीको रूपमा काम गरेका छन्।
त्यसयता सिटौलाले संविधान निर्माणदेखि अहिलेसम्म नेपाली राजनीतिमा समन्वयकारी नेताको रूपमा काम गर्दै आएका छन्। संविधान निर्माणका बेला संविधानको मस्यौदा समितिको सभापतिको रूपमा धेरै विवाद टुङ्गो लगाउँदै सिटौलाले आफ्नो समन्वयकारी छवि समेत चम्काइसकेका छन्।
अर्कोतर्फ लिङ्देनले झापाको विकाससँगै राज तन्त्र, हिन्दू राज्य स्थापना र संघीयता खारेजी लाई आफ्नो मुख्य चुना वी एजेण्डा बनाएका छन्। अहिका राजनीतिक नेताहरू लाई गाँउमा जाँदा जनताले ‘चोर आयो’ भन्ने गरेको उदाह रण दिँदै लिङ्देनले आफूलाई इमानदार नेताको रूपमा प्रस्तुत गर्ने गरेका छन्।
राप्रपाको महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै अध्यक्ष चुनिएपछि लिङ्देन यतिबेला राप्रपालाई राष्ट्रिय पार्टी बनाउने प्रयास गरिरहेका छन्। तर उनका लागि देशभर मत बटुल्नुसँगै झापा-३ मा जित निकाल्नु महत्व पूर्ण छ।झापा-३ मा राजावादीलाई मत नदिने भन्दै
एमाले युवा नेता डम्बर गिरिले बागी उम्मेदवारी दिएका कारण लिङ्देनलाई एमालेको सबै भोट आकर्षित गर्न भ ने चुनौती छ। कांग्रेस नेता सिटौ ला पनि गणतन्त्रवादी एमालेले राजावादीलाई भोट दिन नहुने भन्दै एमालेको भोट आकर्षित गर्ने प्रयास गरिरहेका छन्।
तर निर्वाचनबाट गणतन्त्रका सारथी जित्छन् कि राजतन्त्रका हिमायती त्यो भने मंसिर ४ गते पछि मात्र थाहा हुनेछ।