इन्द्रेणीका कृष्ण कँडेल देखी मन्त्रीहरु समेत पुगेका थिए सत्य मोहन जोशीको अन्तिम विदाहिमा सबैको आँखा आँसुले भरिए(भिडियो सहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले दिएको सुझावका आधारमा आफूले काम गरिरहेको बताए की छन्।

आइतबार ललितपुर महानगरमा अन्तिम श्रद्धान्जली दिन पुगेकी मन्त्री श्रेष्ठले सरकारी, सार्वजनिक, गुठीका जग्गामा भएको अतिक्र मण, भूमाफियाहरूबाट भएको चलखेल बाट

कसरी अघि बढ्ने भन्ने विषयमा जोशीबाट महत्त्वपूर्ण सुझाव लिएको र सो आधारमा कयौं कदम अघि बढाएको बताइन्।

आफूले असल र निस्वार्थ भावनाको अभिभा वक गुमाए को बताउँदै उनले सिङ्गो मुलुकले बहुआयामिक प्रतिभाको खानीलाई गुमाएको बताइन्।उनले थपिन्, ‘यस्तो व्यक्तित्व पाउने धेरै युग कुनुपर्छ।’

जोशीलाई अन्तिम श्रद्धान्जली दिन ललितपुर महानगर परिसरमा पुगेका पोखरेलले जोशीलाई आफूले अभिभाव कको रुपमा मानेको र देशलाई चिनाउन उनले गरेको योगदानको आधारमा उनको परिचय सधैं कायम रहने बताए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले जोशी र उनको परिवारको चाहनाले उहाँको शरीरलाई अध्यय नका लागि राखिने भएकाले त्यसमा थप टिप्प णी आवश्यक नरहेको बताए।

‘उहाँको भौतिक शरीर भन्दा पनि विचार, कृति र योगदानहरू भावी पुस्ताका लागि अत्यन्त मूल्यवान हुनेछ’, उनले भने।आइतबार विहान मृत्यु भएका उनको शरीरलाई किष्ट मेडिकल कलेजमा राख्ने भएको छ।

जोशीले आफ्नो शरीर मरणोप्रान्त किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई दान गरेका थिए।