केदारनाथ मन्दिरनजिकै हेलिकप्टर दुर्घटना

काठमाडौं । उत्तराखण्डको केदारनाथ धाममा हेलि कप्टर दुर्घटना भएको छ । केदारनाथबाट २ किलो मिटर टाढा गरुडछट्टीमा हेलिकप्टर दुर्घटना भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ । मिडिया रि पोर्टमा खराब मौसमका कारण यो दुर्घटना भएको बताइएको छ । तर, अहिलेसम्म आधिकारिक पुष्टि भने भएको छैन ।

मिडिया रिपोर्टका अनुसार यो हेलिकप्टर निजी क म्पनीको थियो र यसमा ५ जना यात्रु सवार थिए ।

धेरै मिडिया रिपोर्टमा प्रत्यक्षदर्शीहरूले ठूलो विस्फो टको आवाज आएपछि स्थानीयले अधिकारीहरू लाई खबर गरेका छन्।

नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले घट नालाई दुर्भाग्यपूर्ण भन्दै आफू राज्य सरकारसँग नि रन्तर सम्पर्कमा रहेको र अवस्थाको अनुगमन गरिर हेको बताए।

देहरादुनका राजेश डोबरियालले उक्त हेलिकप्टर आर्यन कम्पनीको भएको र केदारनाथबाट दर्श नार्थी लिएर फर्किरहेको बताए ।

घटना लिम्चोली नजिक भएको रुद्रप्रयागका जिल्ला सूचना अधिकारीले बताए । यद्यपी हताहतको विवरण भने आइसकेको छैन ।