
रचना रिमाल अहिलेकी व्यस्त गायिका। देश तथा विदेशको कार्यक्रममा उनी सधैं नै व्यस्त हुन्छिन्।यसैक्रममा उनी अहिले कात्तिक ११ गतेबाट प्रद र्शनमा आउन लागेको चलचित्र ‘महा पुरुष’को प्र चासप्रसारका लागि देश दौडाहमा छिन्।
आइतबार साँझ पोखरामा भएको कार्यक्रम गायि का रिमाल स्टेजमै रोएकी छन्। आफ्नोबा रेमा रोष्ट भएपछि उनले स्टेजबाटै त्यसको विरोध गरिन्। त्य सविरुद्ध आवाज उठाइन्।
भएको के थियो ?प्रचारप्रसार कार्यक्रमको सुरुमा कमेडियन विकास अर्यालले आफ्नो प्रस्तुति दिए। प्रस्तुतिका क्रममा उनले टिकटकमा लाइभ बस्ने र त्यसबाट आर्जन गर्नेहरूको इज्जत नहुने बताए।
त्यहि क्रममा उनले गायिका रिमाललाई पनि टिक टकमा बसेर इज्जत फालेको भन्दै रोष्ट गरे। उनको प्रस्तुतिपछि प्रस्तुति दिन आएकी रिमाल ले सुरुमा आफ्नो प्रस्तुति सकिन्।
अनि मञ्चमै रहेका राजाराम पौडेलसँग अनुमति मागेर भनिन्, ‘टिकटक चलाउँदैमा इज्जत चाहिँ जाँदैन है, उहाँ विकास०को नाम पनि मलाई थाहा छैन,
त्यो चाहिँ उहाँले अलिकति नराम्रै भनेजस्तो लाग्यो।’यति भन्दै गर्दा उनको गला अवरुद्ध भइसकेको थियो।
उनी धन्यवाद भनेर स्टेजबाट तल झरिन् र कला कार राखिएको बसतर्फ आँसु खसाल्दै पुगिन्।
त्यसको केही समयपछि कमेडियन विकास अर्याल ले राजाराम पौडेलेसँग समय मागेर गायिका रिमाल सँग सार्वजनिक रूपमा क्षमा मागेका छन्।