स्वतन्त्रले चुनाव जित्न संसारका सबै मानिस पागल हुनुपर्छ : ओली

काठमाडौं २० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादीमाथि निरन्तर निगरानी गर्नुपर्ने बताएका छन् ।

 

 

 

दुवै दल एकदम खतरनाक भएको भन्दै उनले निरन्तर निगरानी गर्नुपर्ने बताएका हुन् ।शुक्रबार एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको रणनीतिक कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष

 

 

 

ओलीले कांग्रेस-माओवादीले जे पनि गर्न सक्ने भन्दै उनीहरुको निरन्तर निगरानी गर्नुपर्ने बताए ।लाज सरम नभएको गठवन्धनले जे पनि गर्न सक्ने भन्दै आलोचना गरेका उनले भने, ‘अहिले दास क्यापिटल नपढ्नुस्, चुनावपछि पढ्नुहोला । माओका भोल्युम पनि पढ्नुपर्दैन । नेपाल पढ्नुस्,’ ।