संविधान रक्षा, स्थिरता र समृद्धिको लागि मत दिनुहोस्’ भन्दै भोट माग्दै गठबन्धन..

काठमाडौँ — सत्ता गठबन्धन दलले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरूलाई मत दिन अपिल गरेका छन् । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा

सदस्य निर्वाचनमा उम्मेदवारीमै गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समा जवादी पार्टीले लोकतन्त्र, संविधा न र विधिको शासनमा र्फत सुशासन र

समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठ बन्धनको आवश्यकतालाई मनन् गर्न र गठबन्धनलाई अत्यधिक बहुमतसहित जिताउन आग्रह गरेका हुन् ।प्रधानमन्त्री एवम् कांग्रेस

सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाज वादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार संयुक्त अपिल जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

‘नेपालको संविधान २०७२ ले परिकल्पना गरेअनुरुप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति

पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणत न्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिबद्ध रहेका छौं ।

लोकतान्त्रिक गठबन्धनको यो नै साझा र प्रस्ट वैचारिक धरातल र सहकार्यको आधार हो,’ तीन दलको संयुक्त अपिलमा भनिएको छ ।

दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्मविपरीत दुई–दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटनलगायत तत्कालीन सरकार प्रमुखको

अनेकौं स्वेच्छाचारी कदमहरुलाई परास्त गर्न र संवि धानको रक्षा गर्न अहिलेको सत्ता गठबन्धन बनेको र निरन्तरता आवश्यक रहेको दाबी गरेका छन् ।