
तुलसीपुर उपमहानगरपािलका वडा नं. १३ दमारगाउँको सामुदायिक जंगलबीच चिरोमा असोज ३० गते ह,त्या गरी गाडेको अवस्थामा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद अचार्यको श,व फेला परेको थियो।
उनीहरूको तुलसीपुर–१२ स्थित बबई नदी घाटमा एकै साथ अन्त्येष्टि गरिएको हो। अलग अलग चितामा उनीहरूको अन्त्येष्टि गरिएको थियो।अन्त्येष्टिमा लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री तथा
दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार डिल्लीबहादुर चौधरी, क्षेत्र नं. ३ की प्रतिनि धिसभा सदस्यकी उम्मेद वार तथा एमाले नेतृ कोमल वली, एमाले नेता तथा ३(ख)
मा उम्मेदवार हुकुमबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य भागवत विश्वासी, कांग्रेस महासमिति सदस्य बिमल रिजाललगायत उद्योगी व्यवसायी र ठूलो संख्यामा सर्वसाधारण पुगेका थिए।
विभिन्न राजनीतिक दलका उम्मेदवार, अधिकारकर्मी, सर्वसाधारण र पीडित परिवार जनले रोशनी र शरदको हत्यामा संलग्नहरूको पहिचान गरी तत्काल पक्राउ गर्न तथा कानुनी दायरामा ल्याउन माग गर्दै आएका छन्।
उनीहरूको चिता बल्दै गर्दा अधिकाँस मानि सका आँखा रसाएका देखिन्थे।प्रहरीका अनुसार उनीहरूको मोबाइल फोन मंगलबार दिउँसो फे ला परेको छ। घटनाको अनुस न्धान गर्न आइत बार नै कोहलपुरबाट तालिम प्राप्त कुकुर ल्याइ एको थियो।
कुकुरकै सहयोगमा मोबाइल फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले रोशनीले लगाएको चप्पल पनि जंगलमा फेला परेको जानकारी दिए।
‘कुकुरको मद्दतले आज हामीले उनीहरूले प्रयोग गरेका मोबाइल, चप्पल लगायत केही कुराहरू फेला पारेका छौं,’ गौतमले भने ‘मोबाइल फोन बाट पनि घटना अनुसन्धानमा केही सजिलो हुने विश्वास छ।’
डिएसपी मल्लले दिनहुँ कुनै न कुनै समय प्रहरी घटनास्थल पुग्ने गरेको, स्थानीयसँग विभिन्न सूचना संकलन गर्ने गरेको हुँदा छिट्टै अप,राधी नजिक पुग्ने आशा व्यक्त गरे।
प्रहरीले उनीहरूको फोन छुट्टाछुट्टै स्थानबाट फेला पारेको हो। घ,टनास्थल नियाल्दा पनि फोन थुतेर स्विचअफ गरी फालिएको प्रहरीको अनुमान छ।
शव फेला परेकै दिन प्रहरीले हेटौंडाका टिपर चालकलाई नियन्त्रणमा लिएको थियो। उनले शरदका हजुरबुवालाई पटकपटक फोन गरेर नाति कहाँ छ भनेर सोधेको खुलेको थियो। उनको बयानका आधारमा प्रहरीले सल्यानका अर्का एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनीहरू दुबै जना मिल्ने साथीहरू हुन्।
‘टिपर चालक सल्यानका आफ्ना साथीको घरमा पटक-पटक जाने मात्रै होइन, माइलो छोरा समान भनेर उनका अभिभावकले समेत माया गर्ने गरेको खुलेको छ,’ एक प्रहरी अधिका रीले भने, ‘उसैले नै सुरूमा घटनास्थलसम्म हामीलाई पुर्याएको हो।’
ती युवकले भने प्रहरी समक्ष नबोलेको प्रहरीले बताए। प्रहरी स्रोतका अनुसार शरदका बुवा म्यानपावर व्यवसायी हुन्। शरदकी आमा र उनको छोडपत्र भइसकेको हुँदा शरद आमासँगै दमारगाउँस्थित मामा घरमा बस्दै आएका थिए।
प्रहरीले यसअघि नै घटनाको प्रकृति हेर्दा चिनजानकै व्यक्तिबाट हत्या भएको हुनसक्ने बताउँदै आएको छ।
असोज २७ गते राति साढे १० बजेपछि रोशनी र शरद बेपत्ता भएको अधिकारीले बताएका छन्। २८ गते स्था नीय कौवापुरस्थित प्रहरी चौकीमा गएर शरदकी मावली हजुआमाले नाति बेपत्ता रहेको भन्दै खोजी गरिदिन निवेदन दिएकी थिइन्।
आशंका लागेर स्थानीय जंगलमा खोजी गर्ने क्रममा शरदका मावली हजुरबुवाले नै उनीहरू को शव एकै ठाउँमा चिरोमा माटोले छोपेको अवस्थामा फेला पारेका थिए।
अघटनास्थल रोशनीको घरदेखि करिब ८० मिटरको दुरीमा रहेको छ भने कौवापुर प्रहरी चौकीदेखि झन्डै पाँच सय मिटरको दुरीमा छ। तुलसीपुर बजारदेखि भने झन्डै १३ किलोमिटर दक्षिणमा छ।