
काठमाडौंं महानगरपालिका अहिले चर्चाको केन्द्रमा छ । यहाँ आशालाग्दा बनेर स्वतन्त्र मेयरको ईन्ट्री भएपछि झनै आशा लाग्दा निर्णयहरु सार्वजनिक हुन थालेका हुन् । काठमाडौंका मतदाताले बालेनलाई जिताएर सही निर्णय गरेको भन्दै अहिले उनीहरुको प्रशंसा भइरहेको छ ।
यसैबीच, बालेनले यहाँका मतदाता मात्रै होईन् यहाँ घर भाडामा बस्नेहरुलाई समेत फाइदा पुग्ने निर्णय गरेका छन् । काठमाडौं महानगरपालि काको पहिलो नगर कार्यपा लिकाको बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय पारित गरेको छ। यो निर्णयले सार्वजनि क शौचालय नपाएर छटपटाउनुपर्ने काडमाडौं महानगरका स्थायी र अस्थायी बासिन्दाहरुलाई ठूलो राहत हुने विश्वास गरिएको छ ।
सोमबार नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ ग्रहण गरेपछि अपराह्नमा कार्यपालिकाको बैठक बसेको थियो। सो बैठकले सार्वजनिक शौचाल यको रूपमा रेष्टुरेन्टहरू को शौचालय प्रयोग गर्न सकिने निर्णय गरेको हो। मेयर बालेन शाहले प्रस्ताव गरेका थिए।
‘हिजो रेष्टुरेन्ट व्यवसायीहरूसँग कुराकानी गरेका थियौं। हामीसँग चिकेन स्टेशन, बर्गर स्टेशन, एवानका प्रतिनि धिहरूसँग कुरा गर्दा हामीले तपाईंहरूको रेष्टुरेन्ट बाहिर एटिएमको जस्तो बत्ती जडान गरिदिने र शौचालय निःशु ल्क गर्ने,’ उनले भने, ‘रेष्टुरेन्ट खोलेपछि व्यापार मात्रै नभएर सेवा पनि हो भन्ने हिसाबले त्यो लगाउँ छौं। महा नगरले सर्टिफाइ गरिदिन्छ।’
उनले शौचालयहरू पनि बनाउने तर हाललाई यसरी पनि प्रयोग गर्ने बताए। यसरी शौचालय प्रयोग गर्न दिने रेष्टुरेन्ट हरूलाई के सुविधा प्रदान गर्ने भन्नेबारेमा निर्णय भइसके को छैन।
‘अहिले नै यो–यो कुराहरू निशुल्क गरिनेछ भनेर भन्न सकिन्न। त्यसको लागि अध्ययन गर्न पर्ने हुन्छ। पहिलो दिन नै त्यो कुरा गर्नु गलत हुन्छ जस्तो लाग्छ,’ उनले भने। यस्तै गुनासो सुन्नको लागि कल सेन्टर पनि स्थापना गर्ने निर्णय भएको छ। कल सेन्टर सात दिनभित्र स्थापना गरिने निर्णय पनि भएको छ। यस्तैगरी, दुइटा इन्फ्रास्ट्रक्चर एम्बुलेन्स १० दिनभित्र सञ्चालनमा ल्याइने छ।
यस्तै महानगरपालिकाको फोहोरमैला व्यवस्था पनबारे अध्ययन गर्न नगर प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । काम पाको नवनिर्वाचित प्रमुख शाहको अध्यक्षतामा आज बसेको पहिलो कार्य पालिका बैठकले उपप्रमुखसहित पाँच जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
मैले हार्नु भनेको तपाईंहरूले आफैँलाई हराउनु हो, त्यस कारण मलाइ जिताउनु : रामचन्द्र पौडेल पाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेसम्मको उलपब्धि रक्षा गर्नको लागि गठबन्धन बनेको दाबी गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ मा मंगलबार बिहान कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरूले विकास निर्माणका लागि राजनीति गरेको बताए ।
उनले भने, ‘अहिलेसम्मको उपलब्धि खतरामा परेपछि कस्तो अवस्थामा गठबन्धन निर्माण भएको सबैलाई थाहा छ । हामीले संविधान, लोकतन्त्र र गणतन्त्रलाई बचाउन गठबन्धन गरेका हौँ ।’ समयसँग आवश्यकता बढ्दै जाने भएकाले क्रमबद्ध रूपमा विकास निर्माणलाई अगाडि बढाएको पौडेलको भनाइ थियो ।
‘हामीले सकेको गरेको छौँ विकासकै लागि हामीले राजनीति गरेका हौँ । विकासविनाको राजनीति खोक्रो हुन्छ’ उनले भने, ‘हामीले राजनीति जोगाएर विकास गरेका छौँ । एकैचोटि सबै कुरा हुँदैन । आवश्यकता बढ्दै जान्छ त्यही अनुसार काम अगाडि बढाउनुपर्छ ।’
कैलाली ३ मा रामजनम वामगठबन्धनबाट माओवादीका गौरीशंकरसँग ४ हजार ३८५ मतान्तरले पराजित भए। त्यस बेला गौरीशंकरले २४ हजार ८७९ मत ल्याउँदा रामजनमले २० हजार ४९४ मत ल्याएका थिए।
यसपटक गठबन्धनको साथले ०७४ को हारको बदला लिँदै रामजनम जित निकालेर फेरि संसद यात्रा तय गर्ने योजनामा छन्।‘थारु समुदायकोे बाहुल्यता रहेको क्षेत्र भएकाले उहाँ (रामज नम)को राम्रो प्रभाव छ, नागरिक उन्मुक्तिको धेरै भोट उहाँले काट्नु हुन्छ,’ नेपाली कांग्रेस कैला ली १ का क्षेत्रीय सभापति प्रकाश शाह भन्छन्, ‘जनताले पनि गठबन्धनलाई मन पराएको देखिन्छ, त्यसैले जित निश्चित छ।’
एमालेले यसपटक कैलाली १ मा प्रतिनिधि सभाको चुना वमा तपेन्द्र रावललाई ‘डेब्यू’ गराएको छ। उनी यसअघि ०७४ को स्थानीय तह चुनावमा टीकापुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।
पहिलो पटक संसदीय चुनाव ‘फेस’ गरिरहेका रावललाई जनता समाजवादी पार्टीको साथ छ। स्थानीय तह चुनावमा सफलता पाएका उनको प्रतिनिधि सभा यात्रा कस्तो होला त्यसका लागि मंसिर ४ कुर्नु पर्छ।
क्षेत्र नम्बर १ मा टीकापुर नगरपालिकाका ९, जोशीपुर गाउँपालिकाका ७, जानकी गाउँपालि काका ५ र भजनी नगरपालिकाका २ वडा गरेर कूल २३ वडा पर्दछन्।यी पालिकामध्ये गत वैशा खको स्थानीय चुनावमा टीकापुरको उपमेयरबा हेक अन्यको प्रमुख र उपप्रमुखमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ।
नागरिक उन्मुक्तिले कैलाली १ मा पर्ने २३ वडामध्ये ११ वडामा जित निकालेको छ। जुन सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको भन्दा बढी हुन आउँछ। माओवादीले ५, कांग्रेस र एमाले ३/३ तथा जसपाले एक वडा जितेको छ।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधार सत्ता गठबन्धन अगाडि छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समा जवा दीका वडाध्यक्षले पाएको कूल मत २० हजार ८४० छ।
जसमा कांग्रेस उम्मेदवारको ११ हजार ६७८ मत, माओ वादी केन्द्रको ६ हजार ९३० मत र एकीकृत समाजवा दीको २ हजार २३२ मत छ। १ नम्बर क्षेत्रमा पर्ने २३ वडाका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले १७ हजार १९३ मत पाएका छन्।
नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारको १० हजार ३२२ मत र जसपाका उम्मेदवारको २ हजार ३०२ गरेर एमाले–जसपा गठबन्धनसँग कूल १२ हजार ६२४ मत छ। यस्तै, यहाँ राप्रपा का अध्यक्षका उम्मेदवारले पाएको मत ३ हजार ५६१ छ।