
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जा लमा राम्रो चर्चा बटुलिरहेको वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ अभिनित चलचित्र ‘महापुरुष’ले हाल प्रचार प्रसारलाई तिव्रता दिइरहेको छ ।
कलाकारहरुको टोलीसहित चलचित्र प्रचार प्रसारका निम्ती मोफसल टुर गरिरहेको चलचित्र निर्माण टोलीले सोमबार पोखराको हल्लनचो कमा कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रविन्द्र सिहं बानिया, कमेडि यन सुमन कार्की, विकास अर्याल, गायक निशा न भट्टराई, गायिका रचना रिमाललगायतको पनि सहभागीता थियो ।
मनोरजनात्मक हिसाबले चलचित्रको प्रचार प्रसार गर्न मोफसल टुर गरिरहेको चलचित्र टोलीको पोखराको कार्यक्रम भने कमेडियन विकास अर्यालको प्रस्तुतीपछि भने केही खल्लो भयो ।
चलचित्रको निर्माण टिमले देशका मुख्य शहरमा प्रोमोस्नल कार्यक्रम आयोजना गरेको थियो।जुन प्रोमोसन कार्यक्रम मा चलचित्रका कलाकार
टिनसंग अन्य बाहीरी कलाकारहरु पनि सहभा गी थिए। जसमा रचना पनि थिइन् ।यसैबीच, प्रोमोसनको क्रममा पोखरामा पनि कार्यक्रम गरिएको थियो। पोखरामा भने आफ्नो प्रस्तुति दिइसकेपछि रचना स्टेजबाट रुँदै निस्कि इन्।
कारण थियो, टिकटक चलाएर इज्जत बेचेको भनेर रचना लक्षित गरिएको कमेडी एवम् व्यंग्य। जुन व्यंग्य गरेका थिए कमेडियन विकाश अर्या लले।उनी पनि ‘महापुरुष’को प्रोमोसनमा सहभा गी कलाकार थिए।
पोखरामा आफ्नो प्रस्तुति दिनेक्रममा ‘रचनाजि ले टिकटक चलाएर इज्जत बेच्नुभयो। बेच्न भनेपछि उहाँ माहिर हो है’ भनेर हास्यव्यंग्य विकाशले गरेका थिए।
अर्यालले आफ्नो प्रस्तुतीमा टिकटक सेलिब्रेटी हरुको रोस्ट गरेका थिए । कार्यक्रममा उनले रचनाले टिकटकबाट इज्जत बेचेको भन्दै व्यंग्य समेत गरे ।
आफू लक्षित व्यंग्य सुनेपछि रचना रुँदै स्टेजबाट बाहिरिइन् । उनी उक्त व्यंग्य आफूलाई चित्त नबुझेको र टिकटक चलाउँदैमा इज्जत नजाने बताउँदै उनी रुदै स्टेजबाट बाहिरिएकी हुन् ।
आफ्नो प्रस्तुतीको कारण रचनाले चित्त दुखाए पछि अर्यालले उनीसँग आम माफीसमेत मागे सँगै कार्यक्रम पुनः अघि बढेको थियो ।