र्‍यापर भिटेनको मानसिक स्थिति ठिक नभएको हो ?

चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’लाई माया गर्ने फ्यान मात्रै होइन, मन नपराउने र ‘हेट’ नै गर्ने पनि छन् । केही समय अगाडि उनले जापान मा कन्सर्ट गरेका थिए। उक्त कन्सर्टमा उनले आफ्नो टाउकोमा बोटलले हान्ने जस्ता प्रवृति गरेका थिए।

जापानको कन्सर्टमा ‘बबाल’ गरेयता भिटेनको मानसिक स्थितिलाई लिएर उनका फ्यान चिन्ति त छन् । उनका फ्यानहरूले समेत उनको मान सिक स्थिति ठिक नभएको भन्दै उपचार गराउ नको लागि सुझाएका थिए।

भिटेनको दिमाग्मा अहिले के कुरा खेलिरहेको छ ? यो कुरा स्वम उनी आफै बाहेक अरु कसैलाई थाहा छैन ।

युवा पुस्तामाझ चर्चित भिटेनको आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकबाट १३ दिन अगाडि सार्वजनिक गरिएको ‘आफ्नो बाटो’

बोलको गीत बाहेक मंगलबार रातिदेखि उनले अन्य गीत हटाएका छन्। बुधबार दिउँसो भने आफूले हटाएका यी सबै गीत युट्युबमा पुनः राखेका छन् ।

यस्तै, उनले सामाजिक सञ्जालमा इन्स्टाग्राम बाट पनि दुई वटा पोस्ट बाहेक सबै तस्बिर हटाएका छन्। उनको फेसबुक पेज पनि निष्क्रिय रहेको छ ।

अश्लील र अभद्र गीत गाएको आरोपमा भिटेन समय समयमा विवादमा आउने गरेका छन् । स्वच्छन्द शैलीका र्‍याप गाएर उनी बेलाबेला प्रहरी खोरमा समेत पुग्ने गरेका छन् ।

तर, उनले युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने कयौं सन्देशमूलक गीत पनि गाएका छन् । ‘बैनी…’, ‘लफं गा…’, ‘चुरोट…’, ‘हालखबर…’, ‘कथा…’, ‘मान्छे खत्तम…’ लगायत उनका सन्देशमुलक गीत हुन् ।