प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।

ललितपुरको मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल भर्ना भएकी हुन्।अस्पताल स्रोतका अनुसार दाहाललाई आज अस्पतालमै राखिनेछ। सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन्।

पिएसपी दुर्लभ खालको रोग हो। यो रोग एक लाख मानिसमध्ये ५-६ जनामा मात्र देखिन्छ। के कारणले यो रोग लाग्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन।वैज्ञानिकहरू पिएसपीबारे अध्ययनकै क्रममा छन्।

यो पनि,,र्‍यापर भिटेनको मानसिक स्थिति ठिक नभएको हो ?चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’लाई माया गर्ने फ्यान मात्रै होइन, मन नपराउने र ‘हेट’ नै गर्ने पनि छन् । केही समय अगाडि उनले जापान मा कन्सर्ट गरेका थिए। उक्त कन्सर्टमा उनले आफ्नो टाउकोमा बोटलले हान्ने जस्ता प्रवृति गरेका थिए।

जापानको कन्सर्टमा ‘बबाल’ गरेयता भिटेनको मानसिक स्थितिलाई लिएर उनका फ्यान चिन्ति त छन् । उनका फ्यानहरूले समेत उनको मान सिक स्थिति ठिक नभएको भन्दै उपचार गराउ नको लागि सुझाएका थिए।

भिटेनको दिमाग्मा अहिले के कुरा खेलिरहेको छ ? यो कुरा स्वम उनी आफै बाहेक अरु कसैलाई थाहा छैन ।

युवा पुस्तामाझ चर्चित भिटेनको आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकबाट १३ दिन अगाडि सार्वजनिक गरिएको ‘आफ्नो बाटो’

बोलको गीत बाहेक मंगलबार रातिदेखि उनले अन्य गीत हटाएका छन्। बुधबार दिउँसो भने आफूले हटाएका यी सबै गीत युट्युबमा पुनः राखेका छन् ।

यस्तै, उनले सामाजिक सञ्जालमा इन्स्टाग्राम बाट पनि दुई वटा पोस्ट बाहेक सबै तस्बिर हटाएका छन्। उनको फेसबुक पेज पनि निष्क्रिय रहेको छ ।

अश्लील र अभद्र गीत गाएको आरोपमा भिटेन समयसमयमा विवादमा आउने गरेका छन् । स्वच्छन्द शैलीका र्‍याप गाएर उनी बेलाबेला प्रहरी खोरमा समेत पुग्ने गरेका छन् ।

तर, उनले युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने कयौं सन्देशमूलक गीत पनि गाएका छन् । ‘बैनी…’, ‘लफंगा…’, ‘चुरोट…’, ‘हालखबर…’, ‘कथा…’, ‘मान्छे खत्तम…’ लगायत उनका सन्देशमुलक गीत हुन् ।