मसिर पहिलो हप्ता केपीको सरकार बन्छ,एमालेविना देशको विकास र समृद्धि असम्भवः विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेविना देशको विकास र समृद्धि सम्भव नभएको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगन क्षेत्र २ रुपन्देहीले

आयोजना गरेको भेला तथा निर्वाचन परिचाल नसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सडक, सिंचाई, शिक्षा, स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले

गरेको काम जनताले बुझेकाले एमालेको जीतलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।उपाध्यक्ष पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र रुपन्देही र आसपासका क्षेत्रलाई

विकासको रोलमोडल बनाउने गरी ड्रीम प्रोजेक्ट अगाडि सारेको उल्लेख गर्दै ती प्रोजेक्टहरु अहि ले कार्यान्वयन हुने चरणमा पुगेको बताए ।

उनले एमालेका सरकारले अघि सारेका योज नालाई सार्थक रुप दिन आगामी निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेर एमालेको सरकार बनाउनुपर्नेमा जोड दिए ।

रुपन्देही क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका उपाध्यक्ष पौडेलले देश भर एमालेको लहर चलेको मंसिर ४ को निर्वाच नमा एमालेको बहुमत आउने दाबी गरे ।

उपाध्यक्ष पौडेलले एमालेलाई कतिपय पूर्वाग्रही विरोधी हरुले विकास विरोधी पार्टी भनेर कुप्रचार गरेको बताउँदै त्यस्ता भ्रमलाई चिर्न एमालेले गरेका कामहरुको प्रचार प्रसार आवश्यक रहेको बताए ।