विप्लवको नाम अब ‘विप्लव सी’

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ले अब आफ्नो नाम मा थपघट गर्ने भएका छन् । उनी मात्रै होइन, उनी नेतृत्व को नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध सबैले आफ्नो नामका पछाडि अनिवार्य रुपमा ‘सी’ लेख्नुपर्ने छ ।

जसलाई विप्लवले ‘कम्युनिष्ट साम्यवादी’ नयाँ जाति निर्माण गरेको रुपमा अथ्र्याएका छन् ।कपिलवस्तुको शिवगढीमा २५ असोजदेखि जारि उनको पार्टीको नवौं महाविधेशनलाई बुधबार समापन गर्ने क्रममा विप्लवले यस्तो प्रस्ताव गरेका थिए ।

महाधिवेशन हलले उनको प्रस्ताव अनुमोदन समेत गरेको थियो ।‘हामीले यो महाधिवेशनबाट नयाँ दृष्टिकोण मात्रै होइन, एउटा नयाँ जाति निर्माण गरेका छौं,’ उनको दाबी छ, ‘कम्युनिष्ट साम्यवादी एउटा जाति निर्माण गरेका छौं । र, सबैले आफ्नो नामका पछाडि अनिवार्यरुपमा ‘सी’ लेख्ने छौं ।

यो कुरा सगर्व घोषणा गर्दछु, अब विप्लव नेत्र विक्रम चन्द होइन विप्लव ‘सी’ हुने छ ।विप्लवले गर्न खाजेको प्रयोग नयाँ भने होइन । कम्युनिष्य हरुले आफ्नो थर जनाउने नामलाई धेरै प्रयोग नगरि उपनामबाट आफूलाई चिनाउने गर्छन ।

माओवादी सशस्त्र युद्धका बेला पनि यो अभ्यास गरेको थियो ।विप्लवले राखेको दोस्रो प्रस्ताव श्रम अभियानबारे थियो । हरेक दुई महिनामा अनिवार्यरुपमा एक दिन भौति क श्रम गर्ने पर्ने उनको प्रस्तावलाई पनि महाधिवेशन हलले अनुमोदन गरेको छ ।

‘हरेक दुई महिनामा हामीले एक दिन आर्थिक उत्पादन हुने गरि श्रम गर्नुपर्ने छ,’ उनको प्रस्ताव थियो, ‘हरेक नेताले दिनको ५०० उत्पादन गर्नुपर्ने छ ।

उसले उत्पादन गर्नै पर्छ । कोठमा बसेर होइन, भौतिक श्रममा भाग लिनुपर्ने छ । त्यसलाई हामी कम्युनिष्ट श्रम दिन भन्ने छौं ।’तेस्रो प्रस्ताव मा रुपमा उनले ‘केन्द्रीय शहीद, बेपत्ता तथा घाइते कोष’ बनाउने विषय राखेका थिए ।

कोषले घर नहुने शहीद, बेपत्ताको घर निर्माण गर्ने दाबी विप्लवको छ ।राष्ट्रिय स्वाधिनता र समाजवादी सत्ता निर्माणको कार्यनीति लिएको भन्दै विप्लवले आफ्नो प्रभाव क्षेत्रमा ‘जनसत्ता’ ब्युँताउने समेत बताए ।‘

चुनाव पूरै खारेज गरेर हामीले एउटा नमुना आन्दोलन फेरि खडा गर्नुपर्छ,’ स्थानीय चुनावमा गएका विप्लवले महाधि वेशन हलमा घोषणा गरेका थिए, ‘जहाँ–जहाँ हाम्रो पार्टी को प्रभाव छ, अब फेरि हामीले जनसत्ता ल्याउने छौं ।’

युद्धका बेला तत्कालीन नेकपा माओवादीले आफ्नो प्रभा  व क्षेत्रमा यस्तै अभ्यास गर्ने गर्दथ्यो । जनसत्ताका नाममा कति पय स्थानमा जनतालाई दुःख दिएको भन्दै आलोचना समेत हुने गरेको थियो ।