
चर्चित गायक पशुपति शर्मा र सुप्रिम मल्ल ठकु री तेस्तै शान्ति श्री परियारको सुमधुर आवाजमा “ताराबाजी लै छोरा” सार्बजनिक भएको छ , १५ बर्ष गित संगीत क्षेत्रमा निरन्तरअघि बढि रहेका गायक तथा संगीतकार पशुपति शर्मा
आजभोलि पनि गित संगीतमा उत्तिकै व्यस्त देखिन्छन। समयकाल अनुसार गीतमा शब्द कोर्ने गर्दछन भने शब्द अनुसार लय भर्ने गर्दछन।तेस्तै भिडियो तर्फ बहु प्रतिभाका धनी दुर्गा पौडेलले निर्देशन गरेका छन् भने दुर्गा
पौडेल र राजेश घिमिरे को छायांकन रहेको छ भने उक्त गीत लाई नबिन घर्ति मगरको सम्पादन गरेका छन । उक्त भिडियोमा पशुपति शर्मा अन्जली अधिकारि र सुप्रिम मल्ल ठकुरीको
दमदार अभिनय हेर्न सकिन्छ्।यस अघी पनि पशु पती शर्माको धेरै गीत दर्शक स्वोर्ता माझ निकै हिट रहेका छन । उक्त गित “ताराबाजी लै छोरा” लाई, गुड लक नेपालको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।
अहिले सम्म उक्त गीतलाई २९ लाख पटक सम्म हेरिएको छ बाजुराका ९ बर्षिय सुप्रीम मल्ल ठकुरी गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को टप ८ मा प्रवेश गरेका छन्।
बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जन्मिएका मल्ल ‘द भ्वाइस किड्स नेपाल’ मा दमदार प्रस्तुति दिदै आएका छन्। शनिबार राजु लामाको टिमबाट उत्कृष्ट ८ मा प्रवेश गरेका छन्।
दर्शकको भोटका आधारमा उत्कृष्ट ८ मा छ्नोट भएका हुन्।द भ्वाइस किड्स नेपाल को ब्लाइन्ड अडिसनमा नदेखिन्या घाउ बोलको गित गाएर चारै वटा कोचको मन जिते सङ्गै टिम राजुलाई रोजेका थिए।
उनले भिडियो अभिनय देखि लाइभ दोहरी हुँदै चर्चित रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा अदभूत-प्रति भा देखाएका छन्। उनी अग्रज कलाकारका गितलाई सहजै गाउन सक्ने क्षमता रहेको छ।
उनको प्रतिभाले निकैचर्चा पाएको छ।‘द भ्वाइस किड्स’ को निर्णायकमा गायक राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार रहेका छन्।
‘द भ्वाइस किड्स नेपाल’ हिमालय टेलिभिज नमा सातामा शुक्रवार र शनिवार ८ बजे प्रसारण हुने गर्छ। भने द भ्वाइस अफ नेपाल’ को युट्युब च्यानलबाट पनि प्रसारण हुने गर्दछ।
धनगढिको नवजिवन स्कुलबाट अक्षराम्भ गरेका मल्ल कक्षा एलकेजी देखि कक्षा १ सम्म नेपाल गन्जको ड्रीमल्याण्ड स्कुलमा पढेका थिए।
सुप्रीम मल्ललाई आजबाट आउदो शनिबार राती ९ बजेसम्म भोट गर्न सकिनेछ। दर्शकको आ शीर्वादले यहाँसम्म आफू पुग्न स:फल भएको र फाईनलसम्म साथ सहयोग गरिदिन अनुरोध
गरेका छन्। अझै आफ्नो प्रतिभा देखाउने प्रयास गर्ने मल्लले प्रतिक्रिया दिए। हाल कक्षा ४ मा काठमाडौंमा अध्ययनरत छन्। त्यस्तै गरेर सुप्रिम मल्लले गायका लाइभ दोहोरी समेत निकैनै चर्चामा आउने गरेका हुन्छन।
उनले लोक दोहोरी अन्तर्गतको लाइभ दोहोरीमा समेत धेरैको मन जित्दै-आउदा पनि उनले पछिल्लो समय धेरैको मनमा बस्दै आयको देख्न सकिन्छ।पछिल्लो समय टिका सानुको युट्युब
च्यानलबाट आयको लाइभ दोहोरी समत नेपालि युट्युबको ट्रेण्डिङ्गमा केहि दिनसम्म बस्दै आय को थियो भने अहिले यो समाचार तयार गर्दा सम्म पनि २ नम्बरमै रहदै आयको छ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***