
काठमाडौं । नेकपा एमाले परित्याग गरेर प्रतिनिधि सभातर्फ रुपन्देही १ बाट स्वतन्त्र बाम उम्मेदवार ब नेका नेता घनश्याम भुसाल मंसिर ४ को निर्वाचन नजिकिँदै जाँदा जनतासँग भोट माग्न ब्यस्त छन् ।
त्रिभुज चुनाव चिन्ह लिएर उम्मेदवार बनेका भुसाल लाई सत्तारुढ पाँच दलीय गठबन्धनले साथ दिएको छ ।भुसालको दैनिक आफू निकटका एमाले तथा गठबन्धनका नेता कार्यकर्तालाई भेट्ने,
परामर्श गर्ने र आमसभाहरू गरेर जनतासँग भोट माग्नमै बितिरहेको छ । रुपन्देही क्षेत्र नं. १ यसअघि ०७४ सालमा पनि एमालेका उम्मेदवार छविलाल वि कले जितेको क्षेत्र हो । अहिले पनि एमालेबाट विक नै उम्मेदवार बनेका छन् ।
एमालेको स्थायी कमिटी सदस्य समेत रहेका भुसा लले हालैमात्र एमाले परित्याग गरेर स्वतन्त्र उम्मेद वार बनेका हुन् ।
भुसालले रुपन्देही क्षेत्र नं. १ का देवदह, धकधइ, रो हिणी लगायतका गाउँमा चुनावी सभा गरिसकेका छन् । भुसालले नमस्ते, जय नेपाल र लाल सलाम भनेर भोट माग्ने गरेका छन्।