
“कात्तिक र मंसिर किसानहरूका लागि अन्न भित्र्याउन महिना हो। यतिबेला किसानहरू अन्नबाली भित्र्याउन खेतबारीमा व्यस्त छन्। मतदाता खेतबारीमै भेटिने भए पछि मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका उम्मेदवारहरू खेतीबारी र घरघरमा पुग्न थालेका छन्।”
“जिल्लाका अधिकांश किसानलाई यतिबेला बाली थन्का उने चटारो छ। चुनाव प्रचार प्रसारका लागि गाउँ गाउँ पुगे का उम्मेदवार आफ्नो पक्षमा मतदान गराउन खेतबारीसम्म धाउन थालेका छन्।
दलका चुनावी प्रचारको पहिलो चरण भएको र यतिबेला मतदातालाई वर्षभरि खाने अन्नबाली भित्र्याउन फुर्सद नभएपछि आफूहरू नै खेतबारीमा पुगेको प्रतिनिधि सभाका राप्रपा उम्मेदवार नेत्रलाल श्रेष्ठले बताए।
“जनता आआफनै दैनिकीमा व्यस्त भएपछि दलहरूले चुनावी प्रचारको शैली फेरका छन्। चुनावी अभियानको सुरुवाती समय भएकाले ठूला सभा गर्नु भन्दा घरदैलो र खेतबारीमा पुग्न काम थालेको उनको भनाइ छ।“
प्रदेश सभा (क) का माओवादी उम्मेदवार भीम प्रकाश शर्मा पनि मतदाता भेट्न घरदैलोमै व्यस्त रहेका छन्।
ठुला सभामा मानिस कसले के भन्छ भन्ने मात्र सुन्न आ उने तर घरदैलोमा पुग्दा परिचय र आत्मियता पनि बढ्ने भएकाले घरदैलो अभियानलाई प्राथमिकता दिएको उनको भनाइ छ।
“निर्वाचनको प्रचार प्रसारका क्रममा अहिले गठबन्धनले घरदैलोलाई प्राथमिकता दिइ रहेको शर्माको भनाइ छ। अहिले गाउँमा कामको चटारो छ, जनतालाई काम गरी रहेकै अवस्थामा भेटेर सुखदुःख बुझ्दै मत माग्दै हिँडेका छौं,उनले भने।
“जिल्लामा प्रचार थालेका प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारले यस्तै शैली अपनाएका छन्। एक मात्र प्रतिनि धि सभा रहेको सल्यानमा लोकतान्त्रिक वाम गठबन्धन बाट एकीकृत समाजवादीका प्रकाश ज्वाला, एमालेबाट
राजेन्द्र वीर राय र गठबन्धनबाट असन्तुष्टि जनाएर स्वतन्त्र उम्मेदवारी हालेका राजेन्द्र बहादुर शाह लगायत ७ जना चुनावी मैदानमा उत्रिएका छन्।””
“प्रदेश सभा (क)मा गठबन्धनका तर्फबाट माओवादीका भीम प्रकाश शर्मा, एमाले कुल बहादुर गिरी लगायत ५ र प्रदेश भसा (ख)मा गठबन्धनबाट नेपाली कांग्रेसका सुरेश
अधिकारी , एमालेका गुलाबजंग शाह लगायत ६ जना चुनावी मैदानमा उत्रिएका छन्।”