
काठमाडौं – चर्चित हाँस्यकलाकार कुमार कट्टेल (जिग्री)को स्वरमा सजिएको नयाँ गीत ‘मायाले जीवन सजाउ’ सार्वजनिक भएको छ ।
हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिता राम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को अभिनय रहेको उक्त म्युजिक भिडियो मंगलबार युट्युबमा सार्वजनिक भएको हो ।
धुर्मुस सुन्तली विवाह बन्धनमा बाँधिएको १३ वर्ष पुरा भएको अवसरमा भाई कुमारले नयाँ गीत बजा रमा ल्याएका हुन् ।
गीतमा कुमारलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् । गीतमा अर्जुन पोखरे लको शब्द र संगीत रहेको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।
माओवादीले जनमत गुमाइसक्यो, गोरखाबाट प्रचण्डको हार निश्चित छ – अब्दुस मियाँ
काठमाडौँ- नेपाली राजनीति यतिबेला गोरखा तिर बढी केन्द्रित भएको देखिएको छ। डा. बाबुराम भट्ट राइले आफू प्रत्यक्ष चुनावमा नहोमीने घोषणा गरे संगै सबैको ध्यान त्यही गोरखामा गएर अड्किएको थियो।
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमाल दाहाल ‘प्र चण्ड’ स्वयं आफै गोरखा क्षेत्र-२ बाट चुनाव लड्ने घोषणा गरे। गठबन्धनको साझा उम्मेदवारको रुप मा प्रचण्ड गोरखा पुगेका छन्।प्रचण्डलाई चुनौती दिंदै एमालेको तर्फबाट युवा नेता अब्दुस मियाँलाई उम्मेदवार बनाएको छ।
मियाँले पटकपटक प्रचण्डको आलोचना मात्रै गरि रहेको देखिन्छ।उम्मेदवारी दर्ता गरेदेखि उनी प्रचण्ड को कटाक्षमा उत्रेका छन् र प्रचण्डलाई ज सरी भए पनि यो चुनाबमा हराई छाड्ने अडान लिएर हिंडेका छन्।
यसैक्रममा उनीले अब्तार्वाता दिने क्रममा भनेका छन् – ‘नेकपा माओवादीले जनमत गुमाईस क्यो, गोरखाबाट प्रचण्डले जित्ले सम्भावना नै छैन, मेरो विजय निश्चित जस्तै छ ‘यसअघि उनले प्रचण्डलाई संकेत गर्दै भनेका थिए –
‘पछिल्लो ३ दशकदेखि नेपाली राजनीतिको अस्थि रताको प्रमुख कारक बनेका एक पात्रलाई गोरखाले यसपटक राजनीतिबाटै विदा गर्दैछ’ उनी यसो हेर्दा प्रचण्डलाई खुल्ला चुनौती दिइरहे का छन्।
एकपटक होइन हरेक पटकको अन्तर्वातामा प्रचण्ड र माओवादीको विरोध गरिरहेका छन्।संगै आलो चना पनि सुरु हुन थालेको छ कुनै समय एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि विरोध गरिरहेका थिए।
उनले कुनै समय लेखेको स्टाटस यतिबेला समाजि क संजाल फेसबुकमा निकै भाइरल पनि भएको छ। मियाँले लेखेका थिए – ‘असफल प्रधानमन्त्री केपी ओलीको असफल कू प्रयास लाई समर्थन गर्ने अनि यो दुई महिनाभित्र ओली
पूजा गर्ने शर्तमा राज्यका विभिन्न निकायमा नियुक्ति लिने नालायाकहरुले आफैं सार्वजनिक पदहरुबाट राजीनामा देलान् कि जनताले घोक्रेत्याक लाउञ्जे ल कुर्लान् ?
नेपाल आमाको रगत चुस्ने सबै प्यारासाइटहरु नष्ट हुन् आवश्यक छ। ‘यसै बिषयलाई लिएर उनको आ लोचना उन थालेको छ। उनले प्रचण्डलाई हराउने चुनौती दिएपनि त्यही सहज चाहि देखिएको छैन।