समिक्षा अधिकारीले अभिनेता पल शाहलाई भुल्नै सकेकी छैनन् : टिकटमा ल्याइन् यस्तो भिडियो

काठमाडौं । गायिका समिक्षा अधिकारीले भर्खरै मा त्र आफ्नो टिकटक भिडियोमा पल शाहको फोटो टाँसेकी छिन् । यसले उनले अभिनेता पल शाहलाई भुल्नै सकेकी छैनन् भन्ने देखाउँछ ।

स्टुडियोमा बसेर समिक्षाले तपाई कुन नेपाली कला कार जस्तो हुनुहुन्छ ? भन्ने टाइटलको टिकटक इफे क्ट चलाउँछिन् । त्यस क्रममा अधिकांश चलेका क लाकारहरुको तस्वीर तास फिटिए जस्तै फिटिन्छ ।

अन्तिममा अभिनेता पल शाहको तस्वीर रोकि न्छ । तपाई पल शाह जस्तो देखिनुहुन्छ भन्ने त्यो इफेक्ट को ठम्याई थियो । त्यसपछि समिक्षाले आफू चकि त भएको जस्तो रियाक्शन दिन्छिन् । मुसुक्क हा स्छिन्पनि ।

पल शाहलाई जिस्क्याए जस्तो रियाक्टपनि उनको आउँछ ।यो र्याण्डम नेपाली एक्टर्सबाट आउँछ । प ल शाह नै आएपछि उनले त्यो भिडियो पब्लिक नग र्नपनि सक्थिन् ।

तर लाईभ रियाक्शन सहित उनले त्यो भिडियो टिकटकमा पोष्ट गरिदिइन् । त्यसपछि कमेण्टमा गाली र ताली दुबैको ओइरो लाग्न थाल्छ ।

गाली गरेका कमेण्टहरु फटाफट डिलिट गरेर समि क्षाले कमेण्ट लिमिट गरिदिइन् ।राखिएका १६ वटा कमेण्टमा लभ यू वोथ बन्ने र केही सांकेतिक मात्र छन् ।

उनले यो भिडियो यो समाचार तयार पार्दा भन्दा दुई दिन पहिले अपलोड गरेकी हुन् । अपलोड गरेको दु ई दिनमा नै ४.१ एम भ्यूज आइसकेको छ ।यसले समिक्षाले अझैपनि पललाई विर्सिन सकेकी छैनन् भन्ने देखिन्छ ।

पल र समिक्षाले धेरै वटा गीत सँगै गरेका छन् । समिक्षाले गायका केही गीतमा पलले मोडलिङ गरेका छन् ।समिक्षाले गीतमा स्वर भर्नुका साथै केहीमा आफै अभिनय समेत गरेकी छिन् ।

पल शाह अहिले सार्वजनिक अपराधको कसूरमा जेल जीवन विताइरहेका छन् । समिक्षा फेरी सांगी तिक दुनियाँमा फर्किदै छिन् ।