शान्ती श्री परियारको स्वरमा ‘धनगढीको बसमा २’ सार्वजनिक ( भिडियो हेर्नुहोस् )

पुरानो गीत धनगढीको बसमा गायक अमृत सापकोटा, समीक्षा अधिकारी र कमला घिमिरेको स्वर रहेको थियो । उक्त गीतको भिडियोले अहिलेसम्म युट्युबमा ३ करोड बढी भ्युज पाइसकेको छ ।

सोही हिट गीतको दोस्रो भाग आईतबार सार्वजनिक भएको छ । ‘धनगढीको बसमा २’ स्वरुप ‘लाहुरे झोला को’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

‘धनगढीको बसमा’ कै गीतकार नेत्र अर्यालको शब्द, गोविन्द पंगेनीको संगीत रहेको ‘धनगढी को बसमा २’मा अमृत सापकोटा,

शान्तीश्री परियार, लक्ष्मी खड्का र सुप्रिम मल्ल ठकुरीले स्वर दिएका छन् ।उनले यसअघि गीत को भिडियोमा समेत अभिनय गरेकी थिइन् ।

‘धनगढीको बसमा’कै निर्देशक काजिश श्रेष्ठको निर्देशनमा ‘धनगढीको बसमा २’ तयार भएको हो ।भिडियोमा गोवि न्द भट्टराई, पूजा रिजाल, कमला घिमिरे, सुप्रिम मल्ल ठकुरी, अमृत

सापकोटा, रश्मी भट्ट, खेम नेपाली, ज्योति सिलवाल लगा यतको अभिनय छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोमा सम्पादन विकास ज्ञवालीको छ ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***