
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले देउसी खेलेका छन् । उनी आफ्ना साथीहरुसँग लक्ष्मीपूजाको भोलिपल्ट हिजो साँझ रिष्ठ कलाकार हरि वंश आचार्यको घरमा देउसी खेलेका हुन् ।
देउसी खेल्ने क्रममा उनले सर्वकालिन लोकभाका “कलि लो तामालाई सोध रामालाई” गाएका थिए । मेयर बालेनले मंगलबार साँझ हरिवंशको घरमा खेल्नुभएको देउसी अहि ले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
मेयर साहले देउसी भट्याउदा कार्यालय समय भन्दा बाहिर आफू सर्वसाधरण रहेको बताएका थिए । मेयर साहले देउसी भट्याउने क्रममा
आफ्नो साथिको रेस्टुरेन्ट भत्काएको देखि आफूलाई खेदो गर्ने पत्रकार उक्त देउसीमा भेटीएको कुरालाई ठट्यौली पारामा प्रस्तुत गरेका थिए ।
जुन दृष्य रमाइलो थियो । त्यस क्रममा मेयर शाहले गीत माफर्त साथीकै रेष्टुरेण्ट भत्काउनु परेकोमा दुख लागेको बताए ।
सामाजिक सञ्जालमा आएको भिडियोमा मेयर शाह भन्छन– ‘कति राम्रा राम्रा गीत यहाँ गाइयो, दुःख लाग्छ आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो ।”