
काठमाडौँ । नायिका प्रियंका कार्कीको घरमा चोरी भए को छ । नायिका कार्कीको ललितपुर को भैसेपाटी स्थित घरमा सोमबार साँझ चोरी भएको बताइएको छ । नायिका कार्कीको महतो मार्गमा रहेको घरबाट नगद ३० हजार रुपैयाँ,
विभिन्न गरहना ५ लाख ५० हजार रुपैयाँ बरा बरको गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाए को छ । प्रहरीका अनुसार नायिका कार्कीको घरमा बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधिर राज शाहीका अनुसार चोरीमा संलग्न हाल फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।
यो पनि : आज गोवर्द्धन पूजा, गोरु, बलि र हली पूजा गरिँदै स् कार्तिक शुक्ल प्रतिपदा एवं यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गोव र्द्धन, बलि, गोरु र कृष कको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वाप रयुगमा भगवान् श्रीकृष्णले हत्के लाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन
पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नु पर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक वि कास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी ले बताए ।
बलि, हली एवं गोरु पूजा भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधार मा आज बलि राजा,,को पनि सम्झ नास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहा रमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो ।
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।गोरुलाई देवाधिदेव महादेवको वाहनअर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।
यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिन लाई हली तिहार पनि भनिन्छ ।