
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् ।
यसैबिच गत वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘धनगढीको बसमा’ को भाग २ बजारमा सार्वज निक भएको छ । पुरा नो गीत धनगढीको बसमा गायक अमृत सापकोटा, समी क्षा अधिकारी र कमला घिमिरेको स्वर रहेको थियो ।
उक्त गीतको भिडियोले अहिलेसम्म युट्युबमा ३ करोड बढी भ्युज पाइसकेको छ । सोही हिट गीतको दोस्रो भाग आईत बार सार्वजनिक भएको छ । ‘धनगढीको बसमा २’ स्वरुप ‘लाहुरे झोलाको’ बोलको गीत युट्युबमा सार्वजनिक गरि एको हो ।
‘धनगढीको बसमा’ कै गीतकार नेत्र अर्यालको शब्द, गोविन्द पंगेनीको संगीत रहेको ‘धनगढीको बसमा २’मा अमृत सापकोटा, शान्तीश्री परियार, लक्ष्मी खड्का र सुप्रिम मल्ल ठकुरीले स्वर दिएका छन् ।
उनले यसअघि गीतको भिडियोमा समेत अभिनय गरेकी थिइन् । ‘धनगढीको बसमा’कै निर्देशक काजिश श्रेष्ठको निर्देशनमा ‘धनगढीको बसमा २’ तयार भएको हो ।
भिडियोमा गोविन्द भट्टराई, पूजा रिजाल, कमला घिमिरे, सुप्रिम मल्ल ठकुरी, अमृत सापकोटा, रश्मी भट्ट, खेम नेपाली,
ज्योति सिलवाल लगायतको अभिनय छ । राजेश घिमि रेको छायाँकन रहेको भिडियोमा सम्पादन विकास ज्ञवा लीको छ ।