पल शाहले कारागारभित्रै लगाए बहिनी रोशनीबाट भाइटीका..

तनहुँ कारागार प्रमुख नारायण अधिकारीले अनलाइनख बरलाई दिएको जानकारीअनुसार पलसहित ८० जना बन्दीले भाइटीका लगाएका थिए । ‘हामीले उहाँलगायत तनहुँ कारागारका बन्दीहरुलाई आफन्तजनबाट टीका लगाउन पाउने व्यवस्था मिलाएका थियौं ।

त्यहीअन्तर्गत उहाँले पनि सोही सुविधा प्राप्त गर्नुभएको हो,’ अधिकारीले भने । पल निकट संगीतकर्मी योगेशका जी र सहयोगी जुरी ठाकु रले रोशनीले कारागारमै पुगेर पललाई भाइटीका लगाइदिएको बताए ।

‘यसपटकको भाइटीकामा पनि रोशनी र पल बीच दाजु बहिनीको भावुक दृश्य देखिएको भन्ने सुनें,’ योगेशले भने ।

यसपटकको दशैंमा पनि रोशनीले पलको दशैंटीकाको टिकटक भिडियो सेयर गरेकी थिइन् ।

पललाई कारागारमा भेट्न जाने, कानुनी र आर्थिक व्यवस्थापन गर्ने काममा समेत रोशनी सक्रिय छिन् । पलविरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जा  हेरी दिएका थिए । उनीविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।

नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुप योग गरेको मुद्दामा दोषी ठहर गर्दे दुई वर्ष छ महिना कैद सुनाएको थियो ।

साथै, पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने र २५ हजार रुपैयाँ जरिवाना अदालतले तोकेको छ ।

तनहुँ जिल्ला अदालतमा भने पलविरुद्धको मुद्दा कायमै छ । आगामी पेशी कात्तिक १६ गतेलाई तोकिएको जानकारी पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले दिए ।