
११ कार्तिक, नुवाकोट । नुवाकोटको ककनी गाउँपालि कामा भोट माग्न गाउँपसेका नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ र नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतसहितको टोली लखेटिएको छ ।
शुक्रबार ककनी गाउँपालिकाको वडा नम्बर ३ ढुंगानागा उँमा भोट माग्न पुगेका नेताहरूलाई स्थानीयले लखेटेका हुन ।स्थानीयले पकाएको भात समेत बारीमा फ्याँकेर नेताहरूलाई खान नदिन भन्दै चेतावनी समेत दिएका छन ।
उनीहरूले अरू बेलमा फोहोर गन्हाउने ठाउँ भनेर टेक्न नआउनेहरू अहिले किन भोट माग्न आएको भन्दै प्रश्न गरेका छन । उनीहरूले रसायनिक मल दिन नसक्ने सडक बनाउन नसक्ने अनि अहिले भोट माग्न आउने भन्दै लखेटेका हुन ।
स्थानीयको चर्को बिरोधपछि प्रतिनिधसभा सदस्यका ला गि गठबन्धनका उम्मेदवार रहेका हितबहादुर तामाङ र प्रदेशसभा सदस्यका लागि उम्मेदवार रहेका रमेश महत त्यस स्थान छाडेर हिडेँका थिए ।
उनीहरूले फेरि भोट माग्न आए जे पनि हुने भन्दै नेताहरूलाइ चेतावनी समेत दिएका छन । २०७४ को निर्वाचनमा सोही क्षेत्रका जनताको समेत मत लिएर चुनाव जितेको भए पनि
हितबहादुर तामाङ पाँच वर्षपछि पुनः मत माग्नका लागि त्यहाँ पुगेको स्थानीयले बताएका छन । अघिल्लो पटक सोही क्षेत्रमा मत माग्न मात्र पुगेका रमेश महत पनि पाँच वर्षपछि फेरि भोट
माग्नकै लागि मात्र आएको घटनाको प्रत्यक्षदर्शी स्थानीय प्रतिमा ढुंगानले दैनिकीलाई जानकारी दिइन । उन,,,ले स्थानीय आक्रोशित बनेपछि दुबै उम्मेदवार मधुरो अनुहार बनाएर हिडेँका थिए ।
अघिल्लो पटक सोही गाउँपालिकाको वडा नम्बर १ बो बलामी गाउँमा नेपाली कांग्रेसका नेता डा रामशरण महत लखेटिएका थिए ।
उनी बलामीहरूले सांस्कृतिक कार्यक्रममा बिना निमन्त्रणा भोट माग्न छिरेपछि स्थानीयले त्यहाँबाट लखेटेका थिए । भिडियो तल हेर्न सक्नुहुन्छ ।