
काठमाडौं । नेपाली बालिका बारिशा थापाको प्रसिद्धी अब हलिउडसम्म पुगेको छ । चर्चित अमेरिकी र्यापर स्नुप डगले ती नेपाली बालिकाले फिल्म पुष्पाको गीत ‘सामी सामी’मा नृत्य गरेको भिडियो इन्स्टाग्राममा सेयर गरिदि एका छन् ।
ग्रामी अवार्डमा १७ पटक मनोनयन भैसकेका स्नुप डगको उक्त भिडियोलाई इन्स्टाग्राममार्फत धेरैले हेरेका छन् । यी चर्चित अमेरिकी र्यापरको प्रसिद्धी नेपालमा समेत फैलि एको छ ।
बलिउड कोरियोग्राफर रेमा डिसुजाले उनको आगामी भारतीय टिभी रियालिटी शो डान्स इन्डिया डान्समा भा ग लिन निम्तो दिएको एक सातामै स्नुप डगले नेपाली किशोरीको भिडियो लाई सेयर गरेका हुन् ।
पुष्पा अभिनेत्री रश्मिका मन्दानाले सबैभन्दा पहिले बारिशाको गीतलाई ट्वीटरमार्फत सेयर गरेपछि उन को चर्चा भएको थियो । त्यसपछि हेटौंडाकी यी विश्व सेलिव्रिटीको नजरमा परेकी छन् ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***