
काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमाले, जसपा र राप्रपाको सरकार बन्ने ठोकुवा गरेका छन्।
शुक्रबार झापा– ३ मा एमाले–राप्रपाको संयुक्त
भेलालाई सम्बोधन गर्दै उनले एमालेले ती दललाई साथमा लिएर सरकार बनाउने बताए।
’आउने निर्वाचनबाट एमालेको बहुमत आयो –आयो।
र, एमालेको साथमा जसपा, राप्रपा समेतको सर कार बन्छ। बहुमत आयो भनेर एक्लै एमा लेले सरकार बनाउने होइन। अरु सहयोगी र
सहयात्रीहरूलाई पनि साथ लिएर सरकार बनाउँछ। त्यसपछि सरकारमा राजेन्द्र लिङ्देन गएपछि विका स खोई भनेर तपाईंहरूले हिसाबकिताब माग्नुस्,’ ओलीले भने।
सोही कार्यक्रममा ओलीले निर्वाचनपछि राप्रपा रा ष्ट्रिय पार्टी बन्ने पनि बताए। ’अघिल्लो पटक भन्दा यसपटक फरक के पर्छ भने एमालेको साथमा रा प्रपा दह्रोसँग लागेको छ।
त्यसकारण यसपटक राष्ट्रिय पार्टीको रुपमा राप्रपा आउँछ। एक्लो राजेन्द्र लिङ्देन होइन अब। किन भने, यो एमालेको साथमा लागिस केको छ।
एमालेको साथमा लागेपछि त राष्ट्रिय पार्टी त हुनै प¥यो नि, राष्ट्रिय पार्टी हुन्छ’, उनले भने। ओली ले जसपा पनि राष्ट्रिय पार्टीमै कायम रहने बताए।
एमालेसँग तालमेल गरेकाले ऊ राष्ट्रिय पार्टी नै हुने ओलीको भनाइ छ। ’कांग्रेस राष्ट्रिय पार्टी रहने भयो अलि दिन। यसपटकको हकमा माओ वादी पनि रा ष्ट्रिय पार्टी रहन्छ।
यसपटकको हकमा, राप्रपाभन्दा अलिकति बढी सिट ल्याउने सम्भावना छ’, उनले भने, ’माधव नेपालहरूले खोलेको छ एउटा पार्टी। त्यसको कन्तबिजोग हुन्छ। राष्ट्रिय पार्टी–सार्टी केही हुने वाला छैन।’
लोसपा पनि राष्ट्रिय पार्टी नबन्ने उनको भनाइ छ। ’लोसपा राष्ट्रिय पार्टी थियो। एमालेले त सँगै काम गर्नुहुन्छ भने गर्नुस् भनेको।
एमालेको राष्ट्रियतालाई उसले बोक्नै सक्ने भएन। भाग्यो। राष्ट्रिय पार्टी पनि गयो। ऊ राष्ट्रिय पार्टी हु नेवाला छैन’, उनले भने।