
कमेनकाठमाडौं । सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले गत हप्ता फेसबुक ग्रुपमा अडयो कमेन्ट उपलब्ध गराएको जानकारी दिएको थियो । अहिले वि श्वका विभिन्न क्षेत्रबाट केही प्रयोगकर्ताले ग्रुपका पोस्टमा भ्वाइस कमेन्ट गरिरहेका छन् ।
नेपालमा पनि कतिपय फेसबुक प्रयोगकर्ताले यो फिचर प्रयोग गरिरहेको पाइएको छ । फेस बुक सञ्चालक कम्प नी मेटाले गत हप्ता नै फे सबुक ग्रुपमा अडियो कमेन्ट उपलब्ध गराएको जानकारी गराए पनि प्रयोगकर्ता अभ्यस्त भए का छैनन् ।
त्यसो त फेसबुकमा सबैलाई यो एक्सेस पनि छैन । केहीले फेसबुकमा अडियो कमेन्ट पनि गरिरहेका छन् । विशेषगरी पुरानो फेसबुक अकाउन्ट भएकाले यो फिचर उपयोग गर्न पाएको देखिन्छ ।
धेरै प्रयोगकर्तासँग यो अप्सन नहुन पनि सक्छ । ,,यो क्रमश: अपडेट हुँदा देखिनेछ । अब फेस बुकमा टेक्स्ट र अडियो कमेन्ट राख्न सकिनेछ । यसअघि फोटो र टेक्स्ट राख्न पाइन्थ्यो ।
नेपालमा पनि केही ठाउँमा यो अप्सन खुलेको छ भने धेरैमा छैन । फेसबुकको लाइट एपमा भने यो अप्सन खुला छ ।
अडियो कमेन्ट गर्न तपाईँले यी उपाय अपनाउन सक्नुहुनेछ।
– पहिले फेसबुक लाइट एप खोल्नुहोस् ।
– अहिले यो फिचर केही ग्रुपमामात्र भएकाले ग्रुपमा जानुहोस् ।
– अब कमेन्ट बक्समा जानुहोस् । त्यहाँ माइक्रोफोनसहित विभिन्न इमोजीको चिन्ह देखिन्छ । माइक्रोफोनको आईक नमा थिच्नुहोस् र माइक्रोफोनको एक्सेस दिनुहोस् ।
-अब रेकर्डको अप्सनमा थिचेर आफूले कमेन्ट गर्न चाहेको कुरा भन्नुहोस । त्यसपछि स्टप अप्सनमा थिच्नुहोस् ।
– तपाईँले अडियोसँगै टेक्स्ट कमेन्ट गर्न पाउनुहुनेछ । इच्छा लागेको टेक्स्ट टाइप गरेर पोस्ट गर्नुहोस् ।