जयसिंह धामी हत्याको १५ महिनापछि भारतीयकै कारण अर्का बालकको पनि ज्यान गयो

१२ कार्तिक, काठमाडाैँ । भारतीय सीमा सुरक्षाबल एसए सबीले तुइन काटेर महाकाली नदीमा वेपत्ता पारेका नेपाली नागरिक जयसिंह धामीको घटनाको १५ महिनपछि अर्का एक नेपाली बालकको भारतीय पक्षकै लापरबाहीका कार ण शुक्रबार मृत्यु भएको छ ।

बिना जानकारी सीमा क्षेत्रमा भारतीय पक्षले विस्फोट गराउँददा ढुंगाले लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको कान्तिपुर दैनिकमा पत्रकार मनोज बडू, मातृका दाहालले शनिबार समाचार लेखेका छन ।

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर पवनको मृत्यु भएको र उनको दिदी १४ वर्षीया सरिना महरा घाइते भएको उनका पिता हिक्मत महराले बताएका छन ।

सीमा क्षेत्रमा भारतले विना सूचना त्यसरी बिस्फोट गर्न नपाउने भए पनि उसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सर कारको भारतप्रतिको उदारता फाइदा लिइरहेको छ । भारतले १५ महिनाको बीचमा दुई नेपालीको ज्यान लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० तर्कराज पाण्डेले भारती यले बिस्फोट गराए को ढुंगाले लागेका पवनको घटनास्थमै मृत्यु भएको र उनको शव पोस्टमा र्टमका लागि सदरमुकाम खलंगामा रहेको जि ल्ला अस्पतालमा तत्कालै लगिएको जानकारी दिए ।

दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेका पवनको ढुंगाले टाउको गम्भीर चोट लागेको थियो ।अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्‍याउने काम गर्न नपाउने भए पनि भारतले नेपालमा आफ्नो अनुकुलको सरकार बनाएपछि यस्ता घटनाको सरका रीस्तरमा बिरोध भन्दा पनि उल्टै सहयोग प्राप्त गरिरहेको छ ।

१५ महिना अघिको घटनामा सरकारले नागरिकलाई जयसिंह धामीको हत्याका बारेमा समाचार नलेख्न र भारतीय प्रधानमन्त्रीको विरूद्धमा एक शब्द नबोल्न भन्दै विज्ञप्ति जारी गरेर उल्टै नागरिकलाई त्रसित बनाएको थियो ।

यो पनि पढ्नुहोस्

-भारतीय प्रधानमन्त्री मोदीविरूद्ध बोले जेल हाल्ने सरकारको चेतावनी (विज्ञप्तिसहित)

-एसएसबीले तुइन काटेर वेपत्ता भएका जयसिंहका बारेमा समाचार नलेख्न सरकारको आदेश