इन्गेजमेन्ट तोडेकी मेलिना राईले फेरी फेरिन कुरा

गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइली सँग इन्गेजमेन्ट तोडेपछि समानता र न्यायपूर्ण समाज को स्थापना हुन जरुरी भएको बताएकी छन् । केही समय अगाडि मात्र मेलिनाले

आफूहरूबिच वैचारिक मतभेद उत्पन्न भएको भन्दै संगीतकर्मी बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी थिइन् ।अलग भएपछि पहिलो पटक उनले आफ्नो सम्बन्धसँग सम्बन्धित

स्टाटस पोष्ट गरेकी हुन । उनले आफ्नो स्टाटस मार्फत आफूले गरेका निर्णयहरु विद्यमान जा तीय विभेद र पितृसत्तात्मक सोचको विरुद्धमा भएको बताएकी छिन् ।उनी लेख्छिन्, ‘मेरो पहिलो

निर्णय–समाजमा विद्यमान जातीय विभेदको विरु द्धमा थियो । मेरो दोस्रो निर्णय– पितृस त्तात्मक सोचको विरुद्धमा हो । मेरो विचारमा मान्छे मान्छे बिचमा हुने सबै खाले अन्यायको अन्त्य हुनुपर्छ ।

समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एक दम जरुरी छ ।’उनको सो स्टाटस देख्दा उनको र प्रेमी बराइलीको सम्बन्धमा आएको खटपटको कारण जातीय विभेद हो की भन्ने

अनुमान गर्न सकिन्छ। मेलिना र सञ्जीव दुवैले आफूहरू धेरै समय अगाडिदेखि प्रेममा रहेको र इन्गेजमेन्ट गरेको खबर आफैँले आफ्नो सामा जिक सञ्जालमार्फत सबैलाई दिएका थिए ।

सो खबर सार्वजनिक हुनासाथ कतिले उनीहरूको निर्णयको तारिफ गरे भने धेरैले मेलिनाले गरेको नि र्णयमा आपत्ति जनाए ।

राईको छोरी भएर बराइलीसँग विवाह गर्ने उनको निर्णयलाई किराँती समाजले एक हिसाबले बहि ष्कार नै गरेको थियो ।