
बुटवल । बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद वार गणेश पौडेलको घरमा संकास्पद वस्तु फेला परेको छ । बुटवल १२ नयाँ गाउँमा पौडेल को दुई तले घरको गेटमा काटुनमा खतरा लेखि एको बम जस्तै देखिने वस्तु आज बिहान भेटिए को हो ।
संकास्पद वस्तु भेटिएपछि अहिले प्रहरी घटनास्थल पुगेको छ। इलाका प्रहरी कार्यालय बुटवलका डिए सपी ठगबहादुर केसीले प्रहरी घटनास्थलमा भर्खर पुगेकोले विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
उम्मेदवार पौडेलले बिहानै आफू घर बाहिर निस्के को अहिले जाँदा गेटमा काटुनमा संकास्पद वस्तु देखिएको बताए ।
यो पनि,,हिमानी शाह र बालेन साहको भेटवा र्तामा के भएको थियो कुराकानी ? हेर्नुहोस् ।काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राजपरिवार सदस्य हिमानी शाहबिच भेटवार्ता भएको छ।
कतार राजदूतावासले काठमाडौंको सोल्टी होटलमा फिफा विश्वकप २०२२ को सन्दर्भमा आयोजना गरे को भोजमा सरिक हुन पुगेका मेयर शाह र हिमानी बीच भेट भएको हो ।
भेटमा हिमानी शाहले बालेनलाई काठमाडौंको मेयरमा निर्वाचित भएकामा बधाई दिएकी बाले नको सचिवालयले जानाएको छ । युवाहरूले राज नीतिमा हस्तक्षेप गरेको दृष्टान्त पेश गरेकामा उनले धन्यवाद समेत दिएकी थिइन् ।
बालेन टिमका एक सदस्यका अनुसार हिमानी शाहले अहिले राजपरिवारभित्र बालेनले गरेको कामको चर्चा हुने गरेको बताएकी थिइन ।
ती सदस्यले भने, ‘हिमानी शाहले पहिले नै भेट्न खोज्नुभएको रहेछ । आज सन्दर्भ परेर भेट भयो । ३–४ मिनेट कुराकानी भएको थियो ।’
भेटमा मेयर बालेनभन्दा हिमानीले नै बढी कुरा राखेको सचिवालयको भनाइ छ । ‘काठमाडौं म हानगरमा भइरहेको कामको विषयमा धेरै कुरा भयो
राजनीतिको विषयमा खासै कुरा भएन तर उहाँले राजपरिवारमा स्वतन्त्र राजनीतिक शक्तिको चर्चा हुँदा बालेनको विषय सधैं आउने बताउनुभएको थियो’ बालेनको सचिवालयका ती सदस्यले भने ।