
काठमाडौं । करिब सात वर्षदेखि अभिनेता भुवन केसी र जिया केसी प्रेम सम्बन्धमा छन् । यो जोडी अहिले लिभइन टुगेदरमा पनि छ । तर परम्पराअनु सार यी दुईबीच विवाह भएको छैन । भुवन र जिया का परिवार, आफन्त र निकट फिल्मकर्मीलाई यी दुईको सम्बन्धबारे थाहा भए पनि सर्वसाधारण भने अनभिज्ञ नै छन् ।
तर भुवनले चाँडै जियासँगको सम्बन्धलाई औपचा रिकता दिने तयारी भइरहेको बताएका छन् । अमेरि का भ्रमणमा रहेका भुवनले सोमबार त्यहाँस्थित केही नेपाली मिडियासँग कुरा गर्दै तेस्रो बिहेलाई साकार रुप दिनेबारे बताएका हुन् ।
उक्त अन्तर्वार्तामा भुवनले जियाको नाम नलिइकनै माया गर्ने मान्छे आफ्नो जिन्दगीमा आएको उल्लेख गरेका छन् । आफू र आफ्नो परिवारलाई सपोर्ट हुने हुँदा विवाह गर्ने तयारीमा आफू रहेको केसीले संके त गरे।
तेस्रो विवाहको तयारीमा हुनुहुन्छ भनेर सोधि एको प्रश्नमा भुवनको जवाफ छ, ‘सोचिरहेको छु । साथ दिने र सपोर्ट गर्ने मान्छे मेरो जिन्दगीमा हुनुहुन्छ । उहाँले म र मेरो फ्यामिलीलाई पनि सपोर्ट गर्नुहुन्छ ।
मेरो फ्यामिलीले पनि सपोर्ट गर्छ । हेरौं, चाँडै गुड न्युज आउन पनि सक्ला । हामीले निर्णय गरिस केका छैनौं, तर मलाई माया गर्ने साथी हुनुहुन्छ ।’
जियासँगको सम्बन्धबारे परिवार, आफन्त र फिल्म कर्मीले थाहा पाए पनि सर्वसाधारणले थाहा नपाए को र आफू थाहा दिएरै अघि बढ्ने योजनामा रहेको समेत भुवनले बताएका छन् । अघिल्ला दुई श्रीमती सँगको असफल वैवाहिक सम्बन्धपछि भुवन यति बेला जियासँगै छन् ।
अनमोलकी आमा समेत रहेकी सुस्मितासँगको स म्बन्ध आफ्नो कारणले भन्दा पनि उनकै कारणले टुटेको खुलासा पनि भुवनले गरेका छन् । त्यसयता नभेटेको र कुरा नभएको पनि उनले जनाए । अमेरि कामा रहेकी जेठी पत्नीसँग भेट्ने र कुराकानी भइर हने भन्दै उनले सम्मान रहेको बताए ।
एक फिल्म अवार्ड कार्यक्रमकालागि भुवन र जिया गत साता अमेरिकातर्फ लागेका थिए । अनमोल, विवेक र काजलका बाबु रहेका भुवनको पहिलो विवाह २० वर्षको उमेरमा भएको थियो। विवेक र काजल पहिलो श्रीमतीतर्फका सन्तान हुन्। उनीहरू अमेरिकामा बस्छन्।
पहिलो विवाह टुटेपछि उनले सुस्मितासँग विवाह गरे। अनमोल सुस्मितातर्फको सन्तान हुन्। सुस्मि तासँगको सम्बन्ध पनि लामो समय गएन। डिभोर्स भयो। सुस्मितासँगको डिभोर्सपछि भुवनको नाम धेरै जनासँग जोडियो।
जियाले एक अन्तर्वार्तामा भुवन केसीसँग विवाह गर्न तयार छु भनेपछि दुवैको सम्बन्धबारे सार्व जनि क चर्चा सुरु भएको थियो। दुवै प्रेम सम्ब न्धमा रहे को शङ्का गरियो। पछि जिया भुवनकै घरमा बसि न्। भुवन ६० वर्ष कटिसकेका छन्।