सिंगो देश केपी ओलीको नेतृत्वको पर्खाइमा : पूर्व मन्त्री ढकाल

काठमाडौं -परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले नेकपा एमालेसँगको सहकार्य रा ष्ट्रिय आबस्यकता भएको बताएका छन्।

नेता ढकालले राष्ट्रियताको संरक्षण, संमृद्धिको अगु वाई, नेपालीको एकता र नेपालको हित केन्द्रित स न्तुलित बैदेशिक सम्बन्धको लागि केपी शर्मा ओली को नेतृत्व अनिवार्य रहेको जिकिर गरे।

केपी शर्मा ओली उमेदवार रहेका झापाको निर्बाचन क्षेत्र नम्बर ५ को विभिन्न स्थानहरुमा आयोजित उ म्मेदवारको मतदातासँग भेटघाट तथा अभिमुखीक रण कार्यक्रममा बोल्दै ढका लले सत्ता गठबन्धनको निरन्तरताले

मुलुकमा आर्थिक विकास र राष्ट्रियताको संरक्षण हुन नसक्ने तर्क गर्दै जनताको सर्बाधिक लोकप्रिय, भरोसायोग्य र असिमित इच्चाशा क्तिका खानी राष्ट्र बादी नेता केपी ओलीलाई मङ्सिर ४ पछि अधिका म्स नेपालीले प्रधान मन्त्रीको रुपमा देख्न चाहेको बताए।

सुर्य चिन्हमा प्रतिनिधि सभामा समानुपातिक उम्मे दवार समेत रहेका नेता ढकालले झापा जिल्ला नि र्बाचन क्षेत्र नम्बर ५ का मतदाताको मतले निर्बाचित हुनुहुने सांसद केपी ओली भाबी प्रधानमन्त्री भएको ले यस क्षेत्रका मतदाताहरु लाई भाग्यमानीको संज्ञा दिए।

नेता ढकालले परिवार दलले ४०१ सदस्यीय निर्बा चन परिचालन समिति गठन गरेर देशको सबै प्रदेश र जिल्लामा सुर्य चिन्हमा मत माग्ने अभियान तिब्र बनाएको बताउँदै एमालेसँगको

तालमेलमा रहेका अन्य दलका उम्मेदवारलाई पनि प्रत्यक्ष तर्फ सघाउने जानकारी दिए। नेता ढकाल दिनभरी सबै कार्यक्रममा नेकपा एमाले का अध्यक्ष केपी ओलीसँगै सहभागी भएका थिए।

अध्यक्ष ओलीले एमाले ले एक्लै बहुमत ल्याउने भएपनि तालमेलमा रहेका दलहरु परिवार दल, जसपा, राप्रपा लगाएतलाइ संगै लिएर सरकार संचालन गर्ने बताएका थिए।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता ओली ले मङ्सिर ४ पछि पुन एमाले ले केन्द्र र सबै प्रदेशमा सरकार बनाउन कुनै शक्तिले रोक्न नसक्ने जिकिर गरेका थिए।