
काठमाडौं । एउटा राँगोको मूल्य कति पर्छ ? बढी मा ५ लाख १० लाख वा बढीमा २० लाख ? भारत को मेरठको सरदार वल्लभभाई पटेल कृषि विश्ववि द्यालयमा तीन दिवसीय अखिल
भारतीय किसान मेलाको पहिलो दिन १० करोडको राँगो गोलु टुको मूल्य सुनेपछि सबै चकित परे । हरि याणाको पानिपतमा बस्ने पद्मश्रीद्वारा सम्मानित किसान नरेन्द्र सिंहले मेलामा आफ्नो राँगो गोलु टु लाई लिएर आएसँगै
उक्त राँगोलाई हेर्नका लागि मानिसहरुको भीड लाग्यो । किसान मेलामा यो राँगो देख्नेहरु सबै चकित नै परे ।
नरेन्द्र सिंहका अनुसार गोलु टुका हजुरबुवाको नाम गोलु वान भएका कारण उसको नाम त्यही अनुसार गोलु टु राखिएको रहेछ । उनी भन्छन् यो गोलु वान भन्दा पनि निकै शानदार छ, यसैकारण यसको नाम उसको हजुरबुवाको नाममा राखिएको हो ।
नरेन्द्र सिंहले बताए अनुसार उनको राँगो शुद्ध मुर्रा प्रजातिको हो र उसकी आमाले प्रतिदिन २६ किलो दुध दिने गर्छ । १५ क्विन्टल तौल भएको गोलु टु ४ वर्ष ६ महिनाको भएको नरेन्द्र बताउँछन् ।
गोलु टुको वीर्यले उनले निकै आम्दानी भइरहेको नरेन्द्र सिंहले बताए । गोलु हरेक दिन ३० किलो घाँस पात, ७ किलो गहुँ–चना र ५० ग्राम मिनरल मिक्सचर खान्छ ।
गोलु टुको मूल्य १० करोड भारुसम्म तोकेको भएता पनि नरेन्द्र यसलाई बेच्न तयार नै छैनन् ।