
जनकपुरधाम- प्रदेश नम्बर २ को नामकरण मधेश प्रदेश भएको एक वर्ष बित्न लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसका केन्द्री य सदस्य आरजु देउवा राणा अनभिज्ञ छिन् ।
छठी माताको पूजाआजा गर्न जनकपुरधाम आए की राणाले सोमबार पत्रकारहरूसँगको भेटघाटमा पटक-पटक प्रदेश नम्बर २ भनिरहँदा पत्रकारहरूले प्रदेशको नामकरण मधेश प्रदेश
भइसकेको जानकारी गराएपछि उनले यो कहिले भएको हो आफूलाई थाहै भएन भन्ने अनभिज्ञता प्रकट गरिन् ।
पत्रकारहरूले उनलाई जानकारी गराइसकेपनि पट क-पटक आफ्नो सम्बोधन प्रदेशको नाम मधेश प्रदे श नलिई प्रदेश नम्बर २ नै भनी रहिन् ।
प्रदेश नम्बर २ मात्र होइन अन्य प्रदेशको नाम उनलाई थाहा नभएको भन्ने कुरा उनको सम्बो धनले प्रष्ट भएको छ ।
आफू मातृ तथा शिशुको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको र प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा छुट्टै शिशु अस्पताल नै खोल्ने पहल गरिरहेको जानका री दिँदै प्रदेशको पुरानै नाम दोहर्याइन् ।
साथै पत्रकारहरूको जिज्ञासामा उनले कांग्रेस सहित गठबन्धन घटक दलका असन्तुष्टहरूलाई समेट्ने प्रयास भइरहेको बताइन् ।
कांग्रेससहित गठबन्धन घटक दलहरूमा अवसर नपाएका नेता/कार्यकताहरू असन्तुष्ट रहेको स्वी कार गर्दै उनले भनिन्, ‘तिनीहरूलाई समेट्ने प्रयास भइरहेको छ ।’
देउवाले गठबन्धनले गर्दा धेरै साथी छुट्नु यो प्रक्रिया नै हो, तर हामीले यो गठबन्धन
लोकतन्त्रको रक्षाका निम्ति बनेको भनी सम्झाई बु झाई रहेका छौं,’ उनले दाबी गरिन्, ‘धेरै मानी पनि सकेका छन् चुनाव आउञ्जेलसम्म सबै साथी समे टिने छन्