पार्टी गरेर ४० हजारको बिल नतिरी सबैजना भागेपछि रेष्टुरेण्ट मालिक तनावमा

काठमाडौं । रेष्टुरेन्टमा ६ जनाको समूहले चर्को पार्टी गरेको थियो । तिनीहरूले त्यहाँ खाना खाए, रक्सी पिए र धेरै रमाइलो गरे। तर ४० हजारको बिल तिर्ने समय आएपछि उनीहरु सबै रेस्टुरेन्टबाट भागेका थिए ।

उनीहरू पछाडिको ढोकाबाट दौडिरहेको भिडि यो सार्वज निक भए को छ । यो भिडियो रेष्टुरेन्ट का मालिकले सार्व जनिक गरेका हुन्। यससँगै भागेका ग्राहकको खोजीमा सहयोग गरि ४१ हजार ४८७ रुपैयाँ (२७० पाउण्ड) बिल उप

लब्ध गराउन पनि मालिकले अपिल गरेका छन् । यस विषयमा रेस्टुरेन्ट सञ्चालकले प्रहरीमा उजु री समेत गरेका छन् । प्रहरीले अहिले उनीहरुको खोजी गरिरहेको छ ।

‘द सन’का अनुसार यो घटना बेलायतको नर्थ योर्कशायरको द सटन आर्म्स रेस्टुरेन्टमा भएको हो। जसको एक भिडियो अघिल्लो दिन सामाजि क सञ्जालमा भाइरल भएको थियो ।

भिडियो सार्वजनिक गर्ने रेष्टुरेन्टका मालिकले ६ जनाको समूह रेस्टुरेन्टमा आएर खानाको बिल नतिरेर भागेको बताए ।

तर, मालिकले पैसा तिर्न चेतावनी दिएका थिए र बिल नतिरे उनीहरूको भिडियो सार्वजनिक गर्ने पनि बताएका थिए ।

तर पनि ग्राहकले उनको कुरा सुनेनन् । त्यस पछि मालि कले रेष्टुरेन्टबाट गुपचुप रुपमा ग्राह कहरु भागेको सीसी टीभी फुटेज सार्वजनिक गरे ।

यस फुटेजमा देख्न सकिन्छ कि कसरी तीन –चार जना मानिस पालैपालो रेस्टुरेन्टबाट बाहिर निस्किरहेका छन् । जसमा महिलाहरु पनि पर्छन् ।

भुक्तानी नपाएको खण्डमा सोमबार बाँकी फुटेज प्रहरीलाई बुझाएर कारबाही गरिने मालिकले बताए । अहिले फरार ग्राहकहरुको खोजी भइरहेको छ ।