इजलासमा सन्दीपको बयान : ‘मलाई कसैको उक्साहटमा फसाइयो’

काठमाण्डौ – १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप ला मिछानेसँगको बयान सकिएको छ । जिल्ला अदा लत काठमाण्डौका न्यायाधीश माधवप्रसाद घिमिरे को इजलासमा आज मङ्गलवार सन्दीपको बयान भएको हो ।

नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले हिजो सोमवार अभियोगपत्र दायर गरे को थियो । अभियोगपत्र दायरपछि अदालतमा आ ज सन्दीपको बयान भएको हो ।

सन्दीपसँग बयान लिने काम सकिएकाले भोलि बुध वारदेखि थुनछेक बहस हुने सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताउनुभयो । सन्दीपले बयान का क्रममा आफूप्रति बदनियत र

कसैको उक्साहटमा अभियोग लगाएको बयान दिए को उहाँको भनाइ छ । उहाँले सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरे को बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सन्दीपले आफूप्रति जबरजस्ती करणीको अभियोग बदनियतका साथ कसैको उ क्साहटमा लगाइएको हो भनेर बयान दिनु भएको छ र आफ्नो बयान पुष्टि हुने विभिन्न किसिमका प्र माणहरू पनि पेस गर्नुभएको छ ।

प्रमाण भनेको पीडित भनिएकी व्यक्तिको हकमा जन्मदर्ताको विषयवस्तु हो, जन्मदर्ताका प्रमाण केही भेटिएका छन् ।’

पीडित किशोरीले अनुसन्धानका क्रममा दिए को विवरण र डाक्टहरूको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल नखाए को उहाँले ब ताउनुभयो ।

किशोरीको बयान शङ्कास्पद रहेकाले उसकाे जन्मदर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफू हरूले वकालत गर्ने उहाँकाे भनाइ छ ।

सन्दीपमाथि गएको भदौ ५ मा काठमाण्डौको एक होटेलमा एक १७ वर्षीया बालिकालाई लगेर बला त्कार गरेको अभियोग छ । पीडित बालि काले आ फूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।