रवि लामिछानेको पार्टीको घोषणापत्र सार्वजनिक LIVE

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछा नेले हरेक चुनावमा व्यक्तिले मात्रै जितेको बताएका छन् । तर, आम नेपाली जनताले भने कहिल्यै जित्न नसकेको लामि छानेको भनाइ छ ।

बिहीबार राजधानीमा आयोजित पार्टीको वाचा पत्र सार्वजनिक कार्यक्रममा उनले प्रमुख पार्टी हरुमा शीर्ष नेताको चाकडी गर्ने तर जनतामा नजाने प्रवृत्ति रहेको दाबी गरे ।

‘प्रमुख दलमा शीर्ष नेताको चाकडी गर्ने प्रवृत्ति छ । त्यसो भएपछि जनताको सेवा गर्न जरुरी हुँदैन’, उनले भने, ‘हरेक चुनावमा एउटा उम्मे दवारले वा व्यक्तिले जितेको छ

तर नेपाली जनताले कहिल्यै जितेका छैनन् ।’उनले देशको ठूलो समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै बलियो प्रतिपक्षी हुँदा समस्या थप बढेको बताए ।

‘प्रतिपक्षी बलियो नहुँदासम्म देश बन्न सक्दैन । यो देशमा प्रतिपक्षी दल छैन । जबसम्म प्रतिपक्षी हुँदैन, भ्रष्टाचार रोकिन सक्दैन’,

उनले भनेलामिछानेले पार्टीलाई लोकतान्त्रिक बनाउने कोसिस​ गरिरहेको पनि बताए।।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***