केपि ओलि जस्तो शक्तिशाली नेता बिस्वमै छैन-कमल थापा

हेटौंडा । नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले एमालेले नजि ते देशको अवस्था श्रीलंकाभन्दा खराब हुने दाबी ग रेका छन् । राप्रपा नेपालका अध्यक्ष थापाले एमाले को जीतले मात्र मुलुक समृद्ध बन्नसक्ने दावी गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा भए को चुनावी कार्यक्रममा बोल्दै थापाले पाँचद लीय गठबन्धनको सरकारसँग देश चलाउने कुनै पनि भि जन र इच्छाशक्ति नभएको औंल्याए ।

त्यसकारण उनीहरुले जिते देशको अवस्था जर्जर हुने र श्रीलंकाको अवस्थामा पुग्ने उनले बताए ।

‘पाँच दलीय गठबन्धन भनेको छ । पाँचै पार्टीको घोषणापत्र सार्वजनिक गरिएको छ । गठबन्ध नले जितेको अवस्थामा कुन पार्टीको घोषणापत्र कार्या न्वयन गर्ने गठबन्धनका दलले ?

यस्ता झूटका खेती गरेर जनता झुक्याउने काम पाँ च दलीय गठबन्धनले गरिरहेको छ । भ्रममा नपर्न म सबैलाई आग्रह गर्दछु’, थापाले भने ।

उनले एमालेविरुद्ध बनेको पाँच दलीय गठबन्ध नले चुनाव जिते देश अस्थिरता र भ्रष्टाचारको दलदलमा फस्नेसमेत बताए ।