
उनी माला लिएर देउवाको स्वागतका लागि लाइन मा उभिएका छन् । २०४८ सालदेखि लगातार डडे लधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपट क हराउने भन्दै ढकालले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
ढकालले राजनीतिक संस्कार देखाउन स्वागतमा उ भिएको बताए । ‘देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न आएको हुँ, सभामै बोल्न समय मागेको छु’ उनले पत्रकारहरुसँग भने ।
डडेलधुरामा बिगत तीन महिनादेखि ढकालले मत मागिरहेका छन् । बीबीसी साझा सवाल कार्यक्रम मा प्रश्न सोध्ने कक्रममा देउवासँग नोकझोक भए पछि ढकाल चर्चामा आएका थिए ।
यो पनि,,गणतन्त्र धरापमा परिसकेको छ सबै मिलेर बचाइदिनुस भन्दै गुहार मागे प्रचण्डले।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ल प्रचण्डले माओवादी कमजोर हुँदा अहिलेसम्म प्राप्त उपलब्धिहरू उल्टने खतरा रहेको बताएका छन्।
उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अरूबेला हुनेजस्तो सामान्य चुनाव नभए को पनि बताए।
आज प्रेस सेन्टर ललितपुरसँग छलफलका क्रममा प्रचण्डले मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उप लब्धि संघीयता, गणतन्त्र,
धर्मनिरपेक्षतालगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ भए को बताए।
‘हाम्रा लागि मंसिर ४ को निर्वाचन सामान्य चुनाव मात्र होइन। जीवन मरणको संघर्षका रूपमा चुनाव छ। उपलब्धि रक्षा गर्ने र उपलब्धि उल्टाउन खोज्ने बीचको लडाइँका रूपमा निर्वाचनलाई लिनुपर्छ,’ उ नले भने।
उनले अग्रगमन र प्रतिगमनबीचको लडाइँ मंसिर ४ को चुनाव भएको पनि बताए। ‘परिवर्तन रक्षा गर्न चाहने र उल्टाउन चाहनेबीच आमनेसामने
हुने दिन मंसिर ४ हो, चुनाव हो,’ उनले भने, ‘यो चु नावलाई कसले जित्छन्, कसले हार्छन् भनेर छुट पाउने अवस्था छैन। आफ्नो ठाउँबाट अधिकतम जनमत निर्माण गर्नुपर्छ।’
उनले केही शक्तिहरू माओवादी एजेन्डा, आन्दोलन र नेतृत्वबारे घेराबन्दीमा लागेको पनि बताएका थि ए। ‘हामी माओवादी बलियो हुँदा परिवर्तन रक्षा हु न्छ। कमजोर भए सबै चिज उल्टने खतरा छ,’ उनले भने।