
नेकपा एमालेले चुनावी गीत ल्याएको छ। आज अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा उक्त गीत पोस्ट गरेका छन्। एमालेले अध्यक्ष ओलीलाई केन्द्रीय पात्र बनाएर गीत ल्याएको हो।
चुनावी गीतको भिडिओ पोस्ट गर्दै आज बिहान ओलीले भनेका छन्, ‘यति राम्रो चुनावी गीतको लागि साथीहरू लाई धन्यबाद।’
एमालेले आजदेखि चुनावी अभियान सुरू गर्न लागेको छ। चुनावी अभियान सुरू गर्नुअघि ओलीले चुनावी गीत सार्वजनिक गरेका हुन्।
ओली चुनावी अभियान सुरूवात गर्न आज दार्चुला जाँदैछन्। ओलीले आज खलंगामा हुने जनसभालाई सम्बोधन गर्नेछन्।
ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजित जन सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
ओली ४० जिल्ला पुगेर त्यहाँ हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***