पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको यो अर्को फण्डा [तस्बिरसहित]

काठमाडौं । चर्चित्र पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम निकै चर्चामा छिन् । ‘अनुराग’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी एलिजा यतिबेला नेपालमा छिन् । अनुरागले सन्तोषजनक व्यापार गर्ने नसकेपछि एलिजा अहिले म्यूजिक भिडियोमा निकै व्यस्त हुन्छिन् ।

बेलाबखत उनका भिडियो र तस्बिरहरु चर्चामा आउँछन् । नेपालमा चिसो सुरु हुन लाग्दा अभिनेत्री गौतमले केही बोल्ड तस्बिर सामाजिक सञ्जालमा साझा गरेकी हुन् ।

उनले तिहारअघि जिम गएका तस्बिर राखेकी थिइन् । केही समय पहिले समुन्द्रको किनारमा मिनिस्कट लगाएर खिचेको तस्बिरले माहोल तत्ताएको थियो । एलिजा प्रायः छोरी एरिका धमला गौतमसँगै क्यानडामा बस्छिन् ।

यसबीच तिहारको अवसरमा उनी नेपाल आएकी हुन् । उनको यो नयाँ झण्डा भन्दै केही आलोचनाका प्रतिक्रि याहरुपनि आएका छन् । केहीले भने उनको लूकलाई मन पराएका छन् ।

यो पनि,,सन्दीप लामिछानेको बयान सकियो, बुधबार थुनछेक बहस हुने क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकि ए पनि थुनछेक बहस हुन नपाएपछि बुधबारका लागि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

१७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरे को थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै सन्दीपविरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिव क्षतिपूर्तिको माग दावी लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

​सोमबार दायर भएको रिटमा मंगलबार बयान र थुनछेक हुने भनिए पनि बयान सकिन दिनभर लागेपछि बुधबार मात्रै थुनछेक बहस हुने भएको हो ।

कार्यालय समय सकिएपनि सन्दीपको बयान साँझ ६ बजेसम्म नै गराएर मंगलबार बयान सकाइएको छ । अब बुधबार इजलास खुल्ने बित्तिकै थुनछेक बहस सुरु हुने काठमाडौँ जिल्ला अदालतले जनाएको छ ।

गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौँ इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

जाहेरी परेको समयमा सन्दीप क्यारेबियन लिग खेल्न जमैकामा पुगेका थिए । प्रहरीमा जाहेरी परेपछि खेल नखेली फरार भएपछि नेपाल प्रहरीले सन्दीपविरुद्ध डिफ्युजन नोटिस समेत जारी गरेको थियो ।

प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सन्दीप असोज २० गते काठमाडौँ आएका थिए । त्यस लगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा सन्दीपले किशोरीसँगै रात बिताएको बताए पनि करणी नभएको जिकिर गरेका छन् । यद्यपि किशोरीले भने सन्दीपले भदौ ६ गतेको बिहान (राति) ००ः२५ बजे र त्यसको एक घण्टा पछि आफूमाथि दुईपटक जबरजस्ती करणी भएको जा हेरी र बयानमा उल्लेख गरेकी छिन् ।

मलाई कसैको उक्साहटमा फसाइयो : सन्दीप लामिछाने – वकिल भन्छन्, ‘जन्मदर्ताको उमेरका आधारमा वकालत गर्छौँ’ क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दायर गरेको थियो । अभियोग पत्र दायरपछि अदालतमा मंगलबार सन्दीपको बयान भएको हो ।